भौतिक पूर्वाधार र पर्यटन क्षेत्रमा थप लगानी गर्ने मलेसियन लगानीकर्तालाई अर्थमन्त्री पौडेलको आग्रह
सारांश
- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मलेसियाका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे।
- उनले भौतिक पूर्वाधार र पर्यटन क्षेत्रमा लगानीको सम्भावना रहेको बताए।
- मलेसिया-नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलले सूचना प्रविधि, व्यापार लगायतका क्षेत्रमा चासो देखाए।
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वाधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गरेका छन् ।
नेपाल भ्रमणमा रहेको मलेसिया–नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलमा सहभागी लगानीकर्तालाई अर्थमन्त्री पौडेलले यस्तो आग्रह गरेका हुन । उनले नेपालको पूर्वाधार विकास र पर्यटनमा राम्रो सम्भावना रहेको उल्लेख गर्दै थप लगानी गर्न अनुरोध गरे ।
‘निजी क्षेत्रबाट लगानीका लागि नेपालमा उपयुक्त वातावरण छ । नीतिहरू लगानीमैत्री छन् । लगानीका क्षेत्रहरू पहिचान राम्रो तयारी गरी गरी अघि बढ्नुहोस् ।सरकार सहयोग गर्न र सहजीकरण गर्न तयार छ,’ अर्थमन्त्री पौडेलले भने ।
प्रतिनिधि मण्डलमा सहभागीहरूले सूचना प्रविधि, व्यापार, हाइड्रो, पूर्वाधार, वातावरण, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्नेबारे चासो व्यक्त गरेका थिए ।
प्रतिनिधि मण्डलमा मलेसिया–नेपाल व्यापार परिषद्का अध्यक्ष प्रदीपकुमार कुकरेजा, डा चाइ कि खान, गणेशकुमार वनगाह, एमके संग्राह लगायत सहभागी रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण