हवाई सेवा देशको कूटनीति र छवि हो: सांसद किराँती
शुक्रबार, २० असार २०८२, १२ : ५६
सारांश
- सांसद सुदन किराँतीले हवाई सेवा देशको कूटनीति र छविसँग जोडिएको बताए।
- उनले नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ लाई प्रभावकारी सेवा र विकासका लागि महत्त्वपूर्ण रहेको उल्लेख गरे।
- किराँतीले नेपाल कालोसूचीबाट नहट्दा देशको छविमा नकारात्मक असर परेको बताए।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले हवाई सेवा देशको कूटनीति र देशको छवि भएको बताएका छन् । शुक्रवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल भइरहेको छ । जसबारे बोल्दै सांसद किराँतीले नेपाल नागरिक उड्डयनलाई प्रभावकारी सेवा र विकासको लागि विधेयक धेरै महत्त्वपूर्ण रहेको बताए ।
नेपाल कालोसूचीबाट नहट्दा नेपाल कामै नगर्ने देश हो भनेर अन्तर्राष्ट्रिय स्तरमा सन्देश गइरहेको उनले बताए । विधेयकलाई हतार गर्ने नाममा त्रुटिपूर्ण बनाउन नहुनेमा उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण