बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

महालक्ष्मी विकास बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सम्पन्न

शुक्रबार, २० असार २०८२, १४ : ३५
शुक्रबार, २० असार २०८२

काठमाडौँ । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सम्पन्न गरेको छ ।

वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरूमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीति अनुरूप बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको हो । 

सोही अन्तर्गत बैंकको मार्तडी–बाजुरा शाखाद्वारा बाजुरा स्थित लक्ष्मी माध्यमिक विद्यालयमा अध्ययनरत आर्थिक स्थिति कमजोर भएका तथा पढाइमा अब्बल रहेका विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरिएको छ ।

साथै पाटन नगरपालिका वडा नम्बर १ मेल्चौरा बैतडी स्थित सिद्धेश्वर माध्यमिक विद्यालयलाई यस बैंकको पाटन–बैतडी शाखाद्वारा शौचालय निर्माणको लागि आर्थिक सहयोग गरिएको को छ ।

८ सय विद्यार्थी र ३० जना कर्मचारी रहेका उक्त विद्यालयमा शौचालयको आवश्यकता रहेको तथा सम्भावित सरुवा रोगहरूबाट बच्न सहयोग पुगोस् भन्ने हेतुले आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ । 

त्यसैगरी बैंकको महेन्द्रनगर शाखाले कञ्चनपुर स्थित बैजनाथ धाम तथा वृद्धाश्रम सेवा समितिलाई खाद्यान्न सामाग्री प्रदान गरेको छ । साथै काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ४ क्वाँटोल, चण्डेश्वरी स्थित  मदन आश्रित आदर्श माध्यमिक विद्यालयमा अध्ययनरत ११ जना विद्यार्थीहरूका लागि राउण्ड टेबल नेपालको सहकार्यमा शैक्षिक सत्र २०८२ को लागि छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ । 

यस्तै बैंकको कलैया शाखाले गर्मीको समयमा उच्च तापक्रमको कारणले हुनसक्ने असजिलो कम गर्न निःशुल्क सर्वत पानी वितरण गरेको छ । 

त्यसैगरी प्रहरी वृत्त मालीगाउँ काठमाडौँलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थलगत रूपमा खटिने प्रहरीहरूलाई सहज होस भन्ने उद्देश्यका साथ खानेपानी वितरण गरेको छ ।

साथै रोटरी क्लब अफ वीरगन्जको सहकार्यमा १० थान कृत्रिम खुट्टा तथा १० थान कृत्रिम हात वितरण गर्न आर्थिक सहयोग गरिएको छ भने रोटरी क्लब अफ गैँडाकोटको सहकार्यमा नवदुर्गा आधारभूत विद्यालयमा शौचालय निर्माणको लागि आर्थिक सहयोग गरिएको छ । बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरूबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

बैंकले हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल  एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी”  सञ्चालनमा ल्याएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप