बजेटबारे बालेनले आइतबार निर्णय लिने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बजेट विषयमा महानगर प्रमुख बालेन्द्र शाह(बालेन)ले आइतबार निर्णयले लिने भएका छन् । स्रोतका अनुसार बालेनले आइतबार बजेटबारे निर्णय फाइनल गर्ने भएका हुन् ।
‘बजेट कहिले ल्याउने, कसले ल्याउने वा नल्याउने मेयरले आइतबार नै निर्णय गर्दै छन् । एउटा कुरा के हो भने करोडौं भ्रष्ट्राचारको शंका भएको कर्मचारीलाई नगर सभाको सदस्य सचिव दिने कुरामा चाहिँ उहाँ ‘कन्भिन्स’ हुनुहुँदैन भन्ने लाग्छ,’ स्रोत भन्छन् ।
‘यत्रो विवाद हुँदा पनि एउटा सह–सचिव सरकारले फेर्न सक्दैन ? यसमा राजनीतिक दलका ठुला नेताहरूको इन्ट्रेस्ट नहोला र ?’ बालेन निकट एक भन्छन् ‘ महानगरको प्रमुख प्रशासकीय अधिकृतसँग जोडिएका भ्रष्ट्राचार सङ्घीय सरकारका ठुलै मान्छेको दबाब नभएको भए त सरुवा भइसक्नुपर्ने हो । उल्टै हाम्रै जनप्रतिनिधिहरूलाई समेत गुरगाँईको पक्षमा लाग्न दबाब होला नत्र उहाँहरू यसरी एकोहोरो लाग्दैन थिए ।’
आइतबार नै महानगरको आगामी गतिविधि तय हुने बालेन निकट स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण