एसईईमा विद्याश्री एकेडेमीकी सिम्रनले ल्याइन् ४ जीपीए, अन्य विद्यार्थीको कस्तो नतिजा ?
शुक्रबार, २० असार २०८२, १४ : ४५
काठमाडौं । चन्द्रागिरि नगरपालिका–१२, चुनदेवीस्थित विद्याश्री एकेडेमीका विद्यार्थीले एसईई परीक्षामा उल्लेखनीय सफलता हासिल गरेका छन् । उक्त विद्यालयका विद्यार्थीले पहिलो पटक एसईईमा सहभागिता जनाएका हुन् ।
जसअनुसार विद्यालयबाट एसईई परीक्षामा सहभागी भएका १२ जना सम्पूर्ण विद्यार्थीहरू सफल भएको विद्यालयका फाउण्डर प्रिन्सिपल राजेन्द्र ढकालले जानकारी दिए ।
तीमध्ये विद्यार्थी सिम्रन दुधराजले पूर्ण ४.०० जीपीए प्राप्त गरेकी छन् भने अन्य सबै विद्यार्थीहरूले A+ ग्रेड ल्याएको विद्यालयले जनाएको छ ।
प्रिन्सिपल ढकालले विद्यार्थीहरूको आगामी शैक्षिक यात्रामा निरन्तर सफलता र उज्ज्वल भविष्यको शुभकामना पनि व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण