कलाकार लक्ष्मी श्रेष्ठको निधन
शुक्रबार, २० असार २०८२, २२ : ५५
सारांश
- कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ, जो मेरी बास्सै सिरियलमा 'अप्सरा आमा'को भूमिकाबाट चर्चित थिइन्।
- उनी स्तन क्यान्सर लगायतका रोगबाट पीडित थिइन् र केही समयदेखि ओछ्यानमै थलिएकी थिइन्।
- लक्ष्मीले मेरी बास्सै, जिरे खुर्सानी, कान्छी लगायतका सिरियल र फिल्महरूमा अभिनय गरेकी थिइन्।
काठमाडौँ । कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। हास्य सिरियल ‘मेरी बास्सै’ मा ‘अप्सरा आमा’ पात्रको भूमिका निर्वाह गरेर चर्चामा आएकी श्रेष्ठको शुक्रबार निधन भएको हो ।
केही महिनादेखि घरमै थलिएकी उनको शुक्रबार राती निधन भएको पारिवारिक श्रोतले बताएको छ । ‘मेरी बास्सै’ सिरियलमा लक्ष्मीले सीताराम कट्टेलले निर्वाह गर्नेमध्ये एउटा पात्र खड्काजीको श्रीमती (अप्सरा आमा) को छुच्चो पात्रको भूमिकामा अभिनय गरेकी थिइन्।
स्तन क्यान्सर लगायतका रोगबाट पीडित लक्ष्मी केही सातादेखि ओछ्यानमै थलिएकी थिइन्। कलाकारितामा लामो समय बिताएकी लक्ष्मीले ‘जिरे खुर्सानी’ ‘कान्छी’, ‘उल्टो सुल्टो’ सहित अन्य केही सिरियल, थुप्रै फिल्म र म्युजिक भिडिओमा समेत अभिनय गरेकी छन्। उनी शिवहरि पौड्यालको निर्देशनमा बनेको फिल्म लक्का जवानमा समेत देखिएकी थिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण