कलाकार लक्ष्मी श्रेष्ठको निधन
शनिबार, २१ असार २०८२, ०६ : ४३
सारांश
- कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ, जो 'मेरी बास्सै' मा 'अप्सरा आमा' को भूमिकाबाट चर्चित थिइन्।
- उनी स्तन क्यान्सर लगायतका रोगबाट पीडित थिइन् र केही समयदेखि बिरामी थिइन्।
- श्रेष्ठले 'मेरी बास्सै' लगायतका विभिन्न टेलिसिरियल र फिल्ममा अभिनय गरेकी थिइन्।
काठमाडौँ । कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। हास्य टेलिसिरियल ‘मेरी बास्सै’ मा ‘अप्सरा आमा’को भूमिकाबाट चर्चामा आएकी श्रेष्ठको शुक्रबार राति निधन भएको हो ।
केही महिनादेखि बिरामी रहँदै आएकी श्रेष्ठको निधन भएको कलाकार सिताराम कट्टेल धुर्मुसले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन्।
सिरियलमा उनले धुर्मुसद्वारा अभिनीत पात्र ‘खड्काजी’की श्रीमतीको रूपमा छुच्ची स्वभावकी ‘अप्सरा आमा’को भूमिका निभाएकी थिइन्।
श्रेष्ठ स्तन क्यान्सरलगायतका रोगबाट पीडित थिइन्। पछिल्ला केही सातादेखि उनी ओछ्यानमै थलिएकी थिइन्।
लामो समयदेखि अभिनयमा सक्रिय रहेकी श्रेष्ठले ‘मेरी बास्सै’ बाहेक ‘जिरे खुर्सानी’, ‘कान्छी’, ‘उल्टो सुल्टो’ जस्ता टेलिसिरियल तथा ‘लक्का जवान’ फिल्ममा पनि अभिनय गरेकी थिइन् । श्रेष्ठले थुप्रै म्युजिक भिडियोमा समेत अभिनय गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण