काठमाडौँ । नेपालको जनसङ्ख्या गाउँमा ओरालो र सहरमा उकालो लाग्ने क्रम तीव्र बन्दै गएको छ । मानिसको सहर मोहले गर्दा गाउँ रित्तिँदै गएका छन् ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार मात्र सार्वजनिक गरेको नेपालमा सहरीकरण र विकास विषयक प्रतिवेदनमा गाउँ तुलनामा सहरी क्षेत्रमा जनसङ्ख्या वृद्धि तीव्र भएको देखाएको छ।
२०६८ सालदेखि २०७८ सालसम्म ग्रामीण क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ८२ प्रतिशतबाट घटेर ३३.८ प्रतिशतमा झरेको छ भने सहरी क्षेत्रमा १७.१ प्रतिशतबाट बढेर ६६.२ प्रतिशत पुगेको छ ।
विकास उकालो लाग्यो र मानिस ओरालो लागे भन्ने भनाई अहिले काठमाडौँ उपत्यकाको तारकेश्वर नगरपालिका १ साङला गाउँ र टोखा नगरपालिका १ दुलाल गाउँलाई हेर्दा हुन्छ ।
गाउँ नै रितिने गरी भएको बसाइसराइले गाउँमा भएका एकाघरका मानिसहरूलाई पनि सताउने गरेको छ । उपत्यकाको काँठ क्षेत्रमा पर्ने सो गाउँहरूमा अहिले रित्ता र भग्नावशेष भएका घरहरू र घरका आँगनमा झार उम्रेन थालेका छन् ।

गाउँमा एकाघर मानिस बस्ने भए पनि मौलिकता हराएको देखिन्छ । २०७२ सालको भूकम्पले मौलिक र परम्परागत घरहरू हराए भने अधिकांश गाउँ नै छाडेर गएको स्थानीय बताउँछन् ।

काठमाडौँमै रहेर पनि कुनै समय निकै ग्रामीण र दुर्गम जस्तै रहेको सो क्षेत्रमा अहिले बिजुली, सडक पुगेको छ । पहिले पहिले हिँडेर टोखासम्म गाईबस्तुका लागि पराल र दैनिक उपभोग्य सामग्री लिन गएको कुरा स्मरण गर्छन् साङला सल्लेगाउँका रामप्रसाद ढकाल ।

अहिले मोटर बाटो र अरू सुविधा आइसकेको छ तर गाउँमा मानिस नरहेको ढकालले बताए । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
_UfPz8UU9BB.jpg)











प्रतिक्रिया