रविको पक्षमा चलेको हस्ताक्षर अभियानप्रति आपत्ति जनाउँदै महेश बस्नेतले भने– बालबालिकाको दुरुपयोग निन्दनीय छ
सारांश
- एमाले नेता महेश बस्नेतले रवि लामिछानेको पक्षमा भइरहेको हस्ताक्षर अभियानको विरोध गरेका छन्।
- उनले बालबालिकाको दुरुपयोग गरेर अपराध ढाक्ने प्रयास निन्दनीय रहेको बताए।
- बस्नेतले सहकारी ठगीको आरोप लागेका व्यक्तिहरूले बालबालिकाको आडमा अपराध छोप्न खोजेको आरोप लगाए।
काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्व मन्त्री महेश बस्नेतले रास्वपा सभापति रवि लामिछानेको पक्षमा भइरहेको हस्ताक्षर अभियानको विरोध गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत बालबालिकाको दुरुपयोग गरेर आफ्नो अपराध ढाक्ने प्रयास निन्दनीय रहेको बताएका छन् ।
उनले भनेका छन्– 'बिस्कुट र कुरकुरे दिएर बालबालिकाबाट रवि लामिछानेको पक्षमा हस्ताक्षर गराउने र युट्युबर बोलाएर उनको पक्षमा बोल्न लगाउने काम अत्यन्तै आपत्तिजनक छ। यस्तो हर्कतले केवल बाल अधिकारको उल्लङ्घन गर्छ, समाजमा गलत सन्देश दिन्छ।'
उनले थप भनेका छन्– 'अझ खेदजनक त के छ भने, बालबालिकाको अधिकार हनन गर्ने यिनै व्यक्ति आफैलाई ‘सुधारक’ भन्न लाज मान्दैनन्। सहकारी ठगीजस्ता गम्भीर आरोप खेपिरहेका व्यक्तिहरूले कानुन हातमा लिएर बालबालिकाको आडमा आफ्ना अपराध छोप्ने प्रयास गर्नु गम्भीर अपराध हो।'
कानुनको शासन र बालअधिकारको संरक्षण सधैँ पहिलो प्राथमिकतामा रहनुपर्ने भन्दै उनले यसमा सम्झौता हुन नहुने उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण