उज्बेकिस्ताविरुद्ध खेल्न लागेको महिला फुटबल टिमलाई प्रधानमन्त्रीले दिए शुभकामना
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले एएफसी महिला एसियन कप २०२६ को छनोटका लागि उज्बेकिस्तानसँग खेल्न लागेको नेपाली टिमलाई शुभकामना दिएका छन्।
- नेपाल र उज्बेकिस्तानबीचको खेलले अर्को वर्ष अस्ट्रेलियामा हुने प्रतियोगिताका लागि छनोट हुने टोलीको टुंगो लगाउने छ ।
- नेपालले पहिलो खेलमा लाओसलाई ९-० र दोस्रो खेलमा श्रीलंकालाई ८-० गोलले हराएको थियो, र यदि यो खेल जितेमा १९९९ पछि पहिलो पटक एसियन कप खेल्नेछ।
काठमाडौँ । उज्बेकिस्तानविरुद्ध एएफसी महिला एसियन कप २०२६ को छनोटअन्तर्गत निर्णायक खेलमा सहभागी हुन लागेको नेपाली टिमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिएका छन् ।
प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट महिला फुटबल टोलीसँग शनिबार दिउँसो कुराकानी गरेका थिए । उक्त क्रममा उनले भने, ‘नेपाली महिला फुटबल टिमका खेलाडी बहिनीहरूलाई सबैभन्दा पहिला त म अहिलेसम्मको खेल सफलताको लागि धेरै धेरै बधाई भन्न चाहन्छु ।’
ओलीले नेपाली महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीलाई विशेष सम्बोधन गर्दै भने, 'हेल्लो साम्बा एन्ड टिम विस यु अल द बेस्ट ।
उनले भने, ‘यो खेल नेपालले जित्नैपर्छ । तपाईँहरूले मनोबल र मानसिकता जित्नै नै देखेको छु । म खुसी व्यक्त गर्न चाहन्छु । खेलको क्षेत्रबाट तपाईँहरूले ४० वर्षको इतिहासलाई एउटा उचाइमा पुर्याएर नेपालको खेल क्षेत्रको गौरव थप्नुभएको छ । नेपालको प्रतिष्ठा र परिचय वृद्धि गर्नुभएको छ । फुटबल खेलतर्फ नेपालको र नेपालको मात्र नभई बाहिरसम्मको ध्यान खिच्नुभएको छ । हामी तपाईँहरूको खेलसँगै हुनेछौँ । तपाईँहरूको मनोबल बढाइरहेका हुनेछौँ ।’
समूह एफमा रहेको नेपाल र उज्बेकिस्तानबिचको भिडन्तले अर्को वर्ष अस्ट्रेलियामा आयोजना हुने प्रतियोगिताका लागि छनोट हुने टोलीको टुङ्गो लाग्नेछ । सो खेल बुन्योडकोर स्टेडियममा नेपाली समयअनुसार ९ बजेर १५ मिनेटमा सुरु हुनेछ ।
नेपालले पहिलो खेलमा लाओसलाई ९–० गोलको विशाल अन्तरले हराएको थियो । त्यस्तै, दोस्रो खेलमा श्रीलंकामाथि ८–० को शानदार जित हात पारेको थियो । उता, आयोजक उज्बेकिस्तानले पहिलो खेलमा श्रीलङ्कालाई १०–० गोल अन्तर तथा दोस्रो खेलमा लाओसलाई ७–० गोलले पराजित गरेको थियो ।
शनिबार हुने खेल जिते नेपाल सन् १९९९ पछि पहिलो पटक एसियन कप खेल्नेछ । नेपालले सन् १९८६ मा हङकङमा आयोजित प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको थियो । त्यति बेला समूह चरणका सबै खेल हारेर नेपाल बाहिरिएको थियो ।
उज्वेकिस्तानको तास्केन्तमा शनिबार राति ९ः१५ बजे नेपाल र उज्वेकिस्तान आमनेसामने हुँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण