आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : नेपाल दोस्रोपटक च्याम्पियनदेखि प्रचण्ड र देउवाबिच भेटको चर्चासम्म

शनिबार, २१ असार २०८२, २२ : ००
शनिबार, २१ असार २०८२

काठमाडौँ । आज मिति २०८२ साल असार महिनाको २१ गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा हामी १० बजे १० समाचार लिएर पाठकवृन्दसमक्ष हाजिर भएका छौँ–

  •  रहर कि बाध्यता ?

 असार वर्षाको महिना हो । वर्षामा बाढी–पहिरोको डरसमेत हुने भएकाले मानिसहरू यात्रा गर्न समेत रुचाउँदैनन् । तर, नेपाली फिल्म उद्योगको एउटा तप्का भने यही झरी, बादल र हिलोलाई छिचोल्दै लाइट्स, क्यामेरा, एक्सन’ भन्न तल्लीन छ ।

  •   छैन प्राथमिकता

संसदीय दुई समिति र धितोपत्र बोर्डका अध्यक्षको आ–आफ्नै स्वार्थका कारण साधारण सेयर (आईपीओ) निष्कासन अझै अन्योलमा देखिएको छ । साढे एक वर्षदेखि आईपीओ निष्कासन प्रक्रिया अन्योलमा रहँदै आएको छ ।

  •  भारत–अमेरिका सम्झौता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतसँग जबरजस्ती व्यापार सम्झौता गर्न खोज्दै छन् । उनले प्रस्ताव गरेको सम्झौताको स्वरूप हेर्ने हो भने यसले हामीलाई ‘इष्ट इन्डिया कम्पनी’ को झल्को दिन्छ । उक्त कम्पनीले भारतलाई २ सय वर्षसम्म स्थायी उपनिवेश बनाउने काममा सफलता हात पारेको थियो । 

  • एमालेको विधान

नेपालको पहिलो महिला राष्ट्रपति बनेर इतिहास रचेकी विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेसँगै पार्टीको आगामी महाधिवेशनमा उनको भूमिकालाई लिएर बहस सुरु भएको छ ।

  •   देउवा र प्रचण्डको भेट

नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गत शुक्रबार शीतल निवासमा पार्टी सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच भएको भेटलाई सरकार बदल्ने भेटको रूपमा चित्रण गर्न नहुने बताएका छन् । 

  •  नेपाल च्याम्पियन

एसीसी पुरुष यू-१६ इस्ट जोन कप २०२५ को फाइनल खेलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले लगातार दोस्रोपटक उपाधि जित्न सफल भएको छ । नेपालले पछिल्लो संस्करणको फाइनलमा मलेसियालाई हराउँदै यो उपाधि जितेको थियो ।

  •  कुलिङ पिरियडमा गडबडी

‘सङ्घीय निजामती सेवा विधेयक २०८०’ को कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको तोडमोड र अनियमितताको छानबिन गर्न ७ सदस्यीय विशेष संसदीय समिति गठन गर्ने सहमित भएको छ। 

  •  स्वास्थ्य
  •  शनिबार विशेष
  •  फोटोफिचर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप