बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रुपन्देहीमा विज्ञान प्रदर्शनीमा बुटवलको नवीन मावि प्रथम

आइतबार, २२ असार २०८२, ०९ : ०९
आइतबार, २२ असार २०८२

सारांश

  • बुटवलमा सम्पन्न विज्ञान प्रदर्शनीमा नवीन औद्योगिक कदरबहादुर रीता मावि प्रथम भयो।
  • प्रदर्शनीमा रुपन्देही र नवलपरासी पश्चिमका १० विद्यालयको सहभागिता रहेको थियो।
  • विजेताहरूलाई नगद पुरस्कार प्रदान गरिएको थियो, जसमा पहिलोलाई २५ हजार पुरस्कार थियो।

बुटवल । सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीको आयोजनामा बुटवलमा सम्पन्न विज्ञान प्रदर्शनीमा नवीन औद्योगिक कदरबहादुर रीता मावि बुटवल प्रथम भएको छ ।


रुपन्देही र नवलपरासी पश्चिम दुई जिल्लाका दश वटा विद्यालयहरूको सहभागितामा बुटवलमा सम्पन्न विज्ञान प्रदर्शनीमा नवीन औद्योगिक कदरबहादुर रीता मावि बुटवल प्रथम, कान्ति मावि बुटवल द्वितीय र होराइजन गौतम बुद्ध स्कुल तिलोत्तमा तृतीय भएको सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीका कार्यालय प्रमुख हरिबहादुर विष्ट बताए ।

प्रथम द्वितीय र तृतीयलाई २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्रदान गरिएको  थियो । 

कार्यक्रममा कालिका मानव ज्ञान मावि, शान्ति नमुना मावि , त्रिभुवन मावि, वेलटारी जनसेवा मावि, एभरेस्ट मावि , लुम्बिनी ज्ञान निकेतन मावि र न्यु होराइजन माविको सहभागिता रहेको थियो । कक्षा ११ र १२ मा विज्ञान समूहमा अध्ययनरत विद्यार्थीहरू र प्राविधिक धार सञ्चालित  विज्ञान प्रदर्शनी गरेका थिए ।

सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीका कार्यालय प्रमुख हरिबहादुर विष्टको संयोजकत्वमा रहेको निर्णायक मण्डलमा प्राडा रमेश नारायण त्रिपाठी भौतिक शास्त्र, उप प्रा डा मूर्तिराम पौडेल जीव विज्ञान, वसन्तराज खनाल रसायनशास्त्र , लेखनाथ पन्थ आइटी विज्ञ, ई गौरव रिजाल सिभिल इन्जिनियरिङ र शिव कुमार पङ्गेनी मेकानिकल रहेका थिए।

लुम्बिनी प्रदेश  सामाजिक मन्त्रालयका  सचिव वसन्त प्रसाद कोइराला, सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेशका निमित्त महानिर्देशक नारायणप्रसाद पोखरेल, लगायतले पुरस्कार प्रदान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप