'क्यापिटल क्विन नेपाल-२०२५'को ताज करुणालाई
सारांश
- करुण भुजेल श्रेष्ठले 'क्यापिटल क्विन नेपाल २०२५' को ताज जितेकी छिन्।
- प्रतियोगिता ललितपुरमा सम्पन्न भएको थियो र उनले लन्डनमा हुने कार्यक्रममा सहभागी हुने अवसर पाएकी छिन्।
- कार्यक्रममा विभिन्न विधामा अवार्ड वितरण गरियो र हिमानी सुब्बाले कोरियोग्राफी गरेकी थिइन्।
काठमाडौँ। राजधानी निवास महिलाहरूको सौन्दर्य प्रतियोगिता 'क्यापिटल क्विन नेपाल २०२५'को ताज करुण भुजेल श्रेष्ठले जितेकी छन् ।
शनिबार ललितपुरस्थित ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न प्रतियोगिता जोरपाटीकी फेसन डिजाइनर श्रेष्ठले विजेताको ताज पहिरिन सफल भएकी हुन् ।
योसँगै उनले 'फेशन एण्ड इन्टरटेन्मेन्ट इन्टरनेशनल अवार्ड २०२६' को लागि लन्डनमा हुने कार्यक्रममा सहभागी अवसर प्राप्त गरेकी छन्।
त्यसैगरी, फस्ट रनरअपमा अनिता लामा तथा सीता राई सेकेन्ड अनरअप हुन सफल भएका छन्। हिमालय मुभिजद्वारा आयोजित सो कार्यक्रम, कार्यक्रमको नवौँ संस्करण हो।
कार्यक्रममा विविध पेसामा आबद्ध दर्जन बढी प्रतियोगीहरूको सहभागिता रहेको थियो। जसमा प्रतियोगीहरूले करिब तीन सातासम्म व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेजको प्रस्तुति, क्याटवाक, क्षमता अभिवृद्धि, फोटोसुट, भिडियोसुट लगायतका विषयहरूमा सरिक भइ तालिम लिएका थिए।
सम्पूर्ण प्रतियोगीहरूको ग्रुमिङ गराउने जिम्मेवारी चर्चित फेशन कोरियोग्राफर हिमानी सुब्बाको थियो भने सुब्बा आफैंले प्रतियोगीहरुलाई ओपनिङ पर्फमेन्सको रुपमा आकर्षक नृत्यमा प्रस्तुति गराएकी थिइन्।
प्रतियोगितामा परिचयात्मक चरण, बेस्ट ड्रेस, प्रश्नोत्तर चरण हुँदै प्रतियोगीहरु क्राउनिङ चरणमा पुगेका थिए। फेसन डिजाइनर तथा सौन्दर्यकर्मीहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रम निकै ग्लामरस तथा सटिक देखिन्थ्यो
कोरियोग्राफर हिमानी सुब्बाको सोलो पर्फमेन्स, कलाकारहरुको आकर्षक नृत्य प्रस्तुतीर रहेको कार्यक्रममा विविध सबटाइटल अवार्डसमेत वितरण गरिएको थियो। जसमा बेस्ट ट्यालेन्ट रन्जना सिंह, बेस्ट पर्सनालिटी माया तामाङ, बेस्ट फोटोजेनिक करुणा भुजेल श्रेष्ठ, बेस्ट ड्रेस करूणा भुजेल श्रेष्ठ, मोस्ट डाइनामिक मन्दिरा श्रेष्ठ, मोस्ट स्मार्ट अनिता लामा, मोस्ट डिलीजेन्ट सिता राई, मोस्ट डिलाइटफुल मिना श्रेष्ठ, मोस्ट डिसेन्ट दिना राई, मोस्ट एयाक्टिभ अन्जना राई, मोस्ट चार्मिङ सन्चिता खत्री, मोस्ट प्यासोनेट सजिना तामाङ, मोस्ट डेडिकेटेड गीता राजवंशी, मोस्ट ग्रेसफुल सिताश्री बस्नेत, मोस्ट पपुलर सिताश्री बस्नेत, पब्लिक च्वाइस भिडियो सन्चिता खत्री र बेस्ट मल्टिमिडियातर्फ रन्जना सिंहले हात पार्न सफल भए।
निर्णायक मण्डलतर्फ अभिनेत्री तथा मोडल सुष्मा अधिकारी, फेसन डिजाइनर सुक्निता चौलागाईं, मिस्टर ह्याण्डसम नेपाल २०१९ तथा मोडल अभिषेक खड्का, क्यापिटल क्विन नेपाल २०१६ लिला राई तथा मिसेस डिभा नेपाल २०२५ संगीता अधिकारी रहेका थिए।
महिलाहरूको क्षमता पहिचान गरी सो को प्रस्फुटन गराइ पहिचान बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक पक्षले जानकारी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण