हुम्ला सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडियो, प्रधानमन्त्री ओलीले आज बेलिब्रिजको उद्घाटन गर्ने
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको सिमकोटमा चुवाखोला बेलिब्रिजको उद्घाटन गरे।
- यो पुलले हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्नेछ र कर्णाली प्रदेशको आर्थिक विकासमा सहयोग पुर्याउनेछ।
- यो सडकले भारत र चीनलाई सडक मार्गबाट जोड्नेछ, जसले वैदेशिक व्यापारमा मद्दत गर्नेछ।
सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने महत्त्वपूर्ण चुवाखोला बेलिब्रिजको आज उद्घाटन गर्दै छन्।
यो उद्घाटनसँगै सडक सञ्जालमा जोडिन बाँकी रहेको देशको एकमात्र जिल्ला हुम्ला सदरमुकाम औपचारिक रूपमा राष्ट्रिय राजमार्गसँग जोडिनेछ।
यस ऐतिहासिक अवसरका लागि प्रधानमन्त्री ओली आज हुम्ला पुगेका हुन्। हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद पाण्डेयका अनुसार, प्रधानमन्त्रीले बिहान ११ बजे पुलको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
यद्यपि मौसमको समस्याका कारण तलमाथि हुन सक्ने उनले रातोपाटीलाई बताए। हुम्ला यात्राबारे उत्साह व्यक्त गर्दै प्रधानमन्त्रीले ओलीले यो सडकको रणनीतिक महत्त्वबारे प्रकाश पारेका छन्।
उनले सामाजिक सञ्जालमा भनेका छन् भने, 'आज विशेष उत्साह लिएर खार्पुनाथ हुम्ला जाँदै छु। किनभने आजबाट सञ्चालनमा आउने कर्णाली करिडोर सडकको चुवाखोला बेलिब्रिजले हाम्रो दक्षिणी छिमेकी मित्रराष्ट्र भारत र उत्तरी छिमेकी मित्रराष्ट्र चीनलाई सडक मार्गले जोड्ने छ।'
यो राजमार्ग बाँकेस्थित सीमावर्ती क्षेत्र जमुनिया नाकाबाट प्रारम्भ भई हुम्लास्थित चीनको सीमावर्ती क्षेत्र हिल्सामा टुङ्गिन्छ।
४१० किलोमिटर लामो यस सडकले कर्णालीलाई उत्तर र दक्षिण अन्तरदेशीय सडक सञ्जालमा जोड्दै वैदेशिक व्यापारमा सहयोग पुऱ्याउनेछ।
उनले एक युवाले एआई प्रयोग गरी बनाएर पठाएको भिडियो र आजको हुम्ला यात्राले आफूलाई भावनात्मक र उत्साहित बनाएको समेत उल्लेख गरेका छन्।
कर्णाली करिडोरअन्तर्गतको यो पुल निर्माण भएसँगै हुम्लाका नागरिकको जीवनस्तरमा ठुलो परिवर्तन आउने र जिल्लाको आर्थिक तथा सामाजिक विकासले गति लिने अपेक्षा गरिएको छ।
यो पुलले हुम्लालाई राष्ट्रिय सञ्जालमा मात्र जोड्दैन, बरु कर्णाली प्रदेशको आर्थिक विकास र समग्र देशको वैदेशिक व्यापारका लागि समेत नयाँ ढोका खोल्ने विश्वास लिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण