नयाँ राजनीतिक दल खोल्दैछन् एलन मस्क
सारांश
- एलन मस्कले 'अमेरिका पार्टी' खोल्ने घोषणा गरेका छन्, जसले रिपब्लिकन र डेमोक्रेटिक दललाई चुनौती दिनेछ ।
- पार्टी औपचारिक रूपमा दर्ता भएको छैन र यसको नेतृत्व र ढाँचाबारे मस्कले केही बताएका छैनन्।
- मस्कले ट्रम्पसँगको सम्बन्ध बिग्रिएपछि मध्यम वर्गको प्रतिनिधित्व गर्ने दल खोल्ने घोषणा गरेका हुन्।
वासिङ्टन डीसी । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्ध बिग्रिएको केही हप्तापछि उनले यो घोषणा गरेका हुन् ।
सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उनले ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा गरेका छन् । यो पार्टीले अमेरिकाको द्विदलीय राजनीतिक दल रिपब्लिकन र डेमोक्रेटिकलाई चुनौती दिने उनको भनाइ छ ।
तर, यो पार्टी औपचारिक रूपमा अमेरिकी निर्वाचन आयोगमा दर्ता भएको छ वा छैन भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन । पार्टीको ढाँचा कस्तो हुनेछ र पार्टीको नेतृत्व कसले गर्नेछ भन्नेबारे पनि मस्कले कुनै जानकारी दिएका छैनन् ।
यो दलले मध्यम वर्गीय अमेरिकीहरूको प्रतिनिधित्व गर्ने उनले भनेका छन् । ‘हामीहरूले रातो देख्यौँ, निलो पनि देख्यौँ । अब अमेरिकामा केही नयाँको लागि तयार हौँ । जसले वास्तवमै काम गर्नेछ, अमेरिका पार्टी अब मध्यम वर्गको पनि आवाज हुनेछ’ पोस्टमा मस्कले लेखेका छन् ।
ट्रम्पसँगको सार्वजनिक विवादपछि मस्कले पार्टी सुरु गर्ने सम्भावनाकाे संकेत दिएका थिए । शनिबारसम्म सङ्घीय निर्वाचन आयोगले औपचारिक रूपमा कुनै पनि दल दर्ता गरेको सङ्केत गर्ने जानकारी प्रकाशित गरेको छैन । २०२४ को अमेरिकी राष्ट्रपतिको चुनावमा एलन मस्क ट्रम्पका प्रमुख समर्थक थिए । ट्रम्पलाई जिताउन उनले २५ करोड डलर दान समेत गरेका थिए ।
चुनावी जितपछि ट्रम्पले मस्कलाई सरकारी दक्षता विभाग (डज) अर्थात् सङ्घीय सरकारको खर्च कटौती गर्ने विभागको प्रमुखको रूपमा नियुक्त गरे । यसको काम बजेट कटौती पहिचान गर्नु थियो ।
मे महिनामा ट्रम्प प्रशासन छोडेपछि मस्क र ट्रम्पबिच झगडा सुरु भयो । मस्कले ट्रम्पको कर र खर्च योजनाको सार्वजनिक रूपमा आलोचना गरेका थिए । उनको बिग ब्यूटिफुल विधेयकलाई मस्कले पागलपन समेत भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण