पर्साको ठोरी जिल्लाकै पहिलो साक्षर गाउँपालिका घोषित
सारांश
- वीरगञ्जको ठोरी गाउँपालिकालाई जिल्लाकै पहिलो साक्षर पालिका घोषणा गरियो।
- गाउँपालिकामा १५ देखि ६० वर्ष उमेर समूहका ९८.८६ प्रतिशत नागरिक साक्षर भएपछि घोषणा गरिएको हो।
- आसमान नेपालको समन्वयमा घरघरमा साक्षरता सर्भे गरिएको थियो।
वीरगञ्ज । ठोरी गाउँपालिकालाई जिल्लाकै पहिलो साक्षर पालिका घोषणा गरिएको छ । “हाम्रो अथक मेहेनत र प्रयासकै कारणले जिल्लाकै पहिलो साक्षर पालिका हुन पाएका छौँ”, ठोरीका गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले भने, “यो गौरवको विषय हो । अन्य रचनात्मक काममा पनि आगामी दिनमा पनि ठोरीले राम्रो कामको सुरुआत गर्दै अघि बढ्नेछ ।”
पालिकामा रहेका तीन हजार ८०९ घरपरिवारका १५ देखि ६० वर्ष उमेर समूहका सरकारले तोकेको १२ सूचकमध्ये आठ वटासम्म सूचक बताउन सक्ने १५ हजार ६७८ जनामध्ये १५ हजार ३२१ जना अर्थात् ९८ दशमलव ८६ प्रतिशत महिला र पुरुष साक्षर रहेकाले पालिकालाई साक्षर पालिका घोषणा गरिएको हो ।
आसमान नेपालको समन्वयमा ठोरी गाउँपालिकाको पाँचवटै वडावासीको घरघरमा पुगेर साक्षरताको सर्भे गरेको थियो । ठोरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख भुपाल जोशीले वडाको सम्पूर्ण घरमा बसोबास गर्नेसँग सरकारको तोकेको १२ सूचकमध्ये आठवटा सूचक पूरा गरेपछि साक्षर पालिका घोषणा गर्न सम्भव भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण