बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

राज्यमन्त्री चौधरीले आज प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदै

आइतबार, २२ असार २०८२, १४ : २८
आइतबार, २२ असार २०८२

सारांश

  • नागरिक उन्मुक्ति पार्टीका राज्यमन्त्री अरुण चौधरीले प्रधानमन्त्रीलाई राजीनामा बुझाउने तयारी गरेका छन्।
  • पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको छ।
  • सुदूरपश्चिम प्रदेशका मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नाउपा आक्रोशित भएको थियो।

काठमाडौँ। संघीय सरकारमा  नागरिक उन्मुक्ति पार्टी  (नाउपा) बाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाउन लागेका छन् ।

 प्रधानमन्त्री ओली हुम्लाबाट फर्केपछि राज्यमन्त्रीले उनलाई राजीनामा पत्र बुझाउने पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बताइन् ।

 उनले भनिन्, ‘पार्टीले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिनुका साथै सरकारबाट पनि फिर्ता हुने निर्णय गरिसकेको छ, सोही अनुसार आज राज्यमन्त्री चौधरीले राजीनामा दिन लाग्नुभएको हो ।’

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले असार १९ गते पदबाट बर्खास्त गरेका थिए । पार्टीसँग कुनै सल्लाहै नगरीकन, बिना कारण आफ्नो मन्त्रीलाई हटाएको भन्दै नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारबाट पनि आफ्नो समर्थन फिर्ता लिइसकेको छ । 

खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको कार्यकारी निर्देशक नियुक्त गर्दा आफूसँग सल्लाह नगरेको मुख्यमन्त्री शाहको दाबी थियो । सोही विवादमा उनले चौधरीलाई बर्खास्त गरेसँगै नाउपा आक्रोशित बनेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप