...अनि भयाे संसद्को शिक्षा समिति बैठकमा लफडा
काठमाडौँ । आइतबार संसद्को शिक्षा समिति बैठकमा लफडा भएको छ । समिति बैठकमा शिक्षामन्त्री रघुजी पन्त र कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले थप समय माग गरेपछि समिति सदस्यहरूले आफ्नो धारणा राख्ने क्रममा लफडा भएको हो । माओवादी सांसद रेखा शर्माले कुनै पार्टीको ह्विप मान्न समिति तयार नरहेको बताइन् ।
उनले अहिलेसम्म सहज रूपमा समिति अघि बढिरहेको अवस्थामा आज आएर समितिमा दलको ह्विप लाग्ने काम भइरहेको बताइन् ।
'उपसमितिले यसअघिको बैठकमा उपसमितिको प्रतिवेदन लक गरिएको भनेको थियो । आज आएर फेरि थप समय माग गरिएको छ। हामीलाई कुनै दलको ह्विप लगाउने काम नहोस्। हामी कसैको ह्विप मान्न तयार छैनौ,'शर्माले भनिन् ।
त्यही बेला समिति सदस्य तथा कांग्रेस प्रमुख सचेतक घिमिरे आक्रोशित भए । समिति सभापति अम्मरबहादुर थापाले घिमिरेलाई बस्न अनुरोध गरेपनि घिमिरे भने उठेर हिँडेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण