६१ लाख पारिश्रमिकको विषयमा माग्ने बुढाले के भने ?
सारांश
- कलाकार केदार घिमिरे 'माग्ने बुढा' ले फिल्मका लागि ६१ लाख पारिश्रमिक नलिएको बताए।
- निर्माता र निर्देशकले पारिश्रमिकको विषयमा झुट बोलेको घिमिरेको आरोप छ।
- 'मिसेस वर्ल्ड २०२५' को घोषणा कार्यक्रममा घिमिरेले यस्तो बताएका हुन्।
काठमाडौँ । कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले आफूले फिल्मका लागि ६१ लाख पारिश्रमिक नलिएको बताएका छन् । फिल्मका लागि आफूले यति धेरै परिश्रमिक लिएको भनेर झुट प्रचार गरिएको उनको भनाई थियो ।
फिल्म ‘माग्ने राजा’का उनले पहिले ५० लाख पारिश्रमिक बुझेको चर्चा थियो । फिल्मको प्रज्ञा प्रतिष्ठानमा आयोजित पोस्टर रिलिज कार्यक्रममा यसका निर्माता मुनाल घिमिरेले उनले ६१ लाख लिएको बताएका थिए । उक्त कार्यक्रममा उनले पनि उक्त पारिश्रमिक स्वीकारेका थिए । तर आज आयोजित ‘मिसेस वर्ल्ड २०२५’ को घोषणा कार्यक्रममा घिमिरेले आफ्नो पारिश्रमिककाे विषयमा निर्माता मुनाल र निर्देशक ऋषि लामिछानेले झुट बोलेको बताए ।
‘निर्माता मुनाल घिमिरेले मेरो पारिश्रमिकको विषयमा बढाई बढाई भन्नुभयो’, केदारले भने– ‘निर्देशक लामिछानेले पनि किन गरेको भन्दा हाप हुन्छ भन्नुभयो ।’ ‘आफ्नो परिश्रमिक जथाभाबी भनेर भित्र भित्र सिध्याउलान् भन्ने डर लागेको छ’ उनले थपे ।
‘कार्यक्रममा ६१ लाख लिएको हो । त्यसको कर तिर्छु भनेर केही अगाडिको कार्यक्रममा तपाईँले भनेको हैन ?’ उनलाई पत्रकारको प्रश्न थियो । जवाफमा उनले मैले जति लिएको हो त्यसको कर तिर्छु भनेर भनेको बताए । उनले आफूले ६१ लाख पारिश्रमिक लिएको प्रमाणित गर्न चुनौती समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण