अक्सिजन प्लान्ट खरिदमा अनियमितता : ६ जनाविरूद्ध अख्तियारले चलायो मुद्दा
सारांश
- अख्तियारले मकवानपुरको थाहा नगरपालिकामा अक्सिजन प्लान्ट खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ।
- आर्थिक वर्ष २०७८/७९ मा अक्सिजन प्लान्ट खरिद गर्दा बढी मूल्य र कम गुणस्तरको सामान खरिद गरेको पाइएको छ।
- तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जना कर्मचारी र आपूर्तिकर्ता कम्पनीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुरको थाहा नगरपालिकामा अक्सिजन प्लान्ट खरिद प्रक्रियामा अनियमितता गरी भ्रष्टाचार गरेको भन्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जना कर्मचारी तथा आपूर्तिकर्ता कम्पनी र त्यसका प्रोप्राइटरविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
आयोगले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा अक्सिजन प्लान्ट खरिद गर्दा मिलेमतोमा बढी मूल्य हालेर कम गुणस्तरको सामान खरिद गरेको पाइएसँगै मुद्दा दायर गरिएको हो ।
प्रदेश सरकारबाट ५५ लाख र सङ्घीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट १ करोड गरी कुल १ करोड ५५ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा खरिद कार्यमा अनियमितता भएको जिकिर आयोगले गरेको छ ।
अनुसन्धान अनुसार, खरिद मूल्याङ्कन समितिले बोलपत्रमा तोकिएको ’डेसिकेन्ट एयर ड्रायर टेक्नोलोजी’ को सट्टा बदनियतपूर्वक ’रेफ्रिजरेटेड एयर ड्रायर टेक्नोलोजी’ प्रस्ताव गर्ने फर्महरूलाई समेत उत्तीर्ण गराएको पाइएको छ। कुल ८ वटा फर्ममध्ये २ वटाले मात्र तोकिएको डेसिकेन्ट टेक्नोलोजी प्रस्ताव गरेकामा उनीहरूलाई छोडेर माग भएकोभन्दा फरक प्रविधिको, कम गुणस्तरको र कम मूल्यको सामान उपलब्ध गराउन झुट्टा कागजात पेस गर्ने सुभारम्भ सर्भिस ट्रेडर्स प्रा.लि. लाई प्राविधिक रूपमा उत्तीर्ण गराइएको आयोगको दाबी छ ।
सार्वजनिक खरिद ऐन, नियम विपरीत आपसी मिलेमतो र योजनामा स्वीकृत स्पेशिफिकेशनभन्दा फरक रुप र आकार, तोकिएको शर्त तथा मापदण्ड विपरीतको सामान खरिद गर्न रु. १ करोड १० लाख १ हजार १९९.७५ को बोलपत्रलाई स्वीकृत गरी सम्झौता गरिएको र सोही बमोजिमको सामान दाखिला लिई रु. १२ लाख पेस्की समेत दिइएको अवस्थामा भ्रष्टाचारजन्य कार्य भएको अख्तियारले ठहर गरेको छ ।
आयोगले यस कार्यमा संलग्न रहेको भन्दै थाहा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी, तत्कालीन लेखा अधिकृत हरि बहादुर खपाङ्गी मगर, तत्कालीन ईन्जिनियर सन्तोष बोहरा, सहायक पाँचौ सुदर्शन पहेली, प्रदेश स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्रका तत्कालीन बायोमेडिकल इन्जिनियर राजेश्वर कमली, तथा आपूर्तिकर्ता सुभारम्भ सर्भिस ट्रेडर्स प्रा.लि. र उक्त प्रा.लि.का अध्यक्ष/प्रोप्राइटर सोबित प्रसाईविरुद्ध आरोपपत्र दायर गरेको हो ।
उनीहरू सबैसँग रु. १ करोड १० लाख १ हजार १९९।७५ बिगो कायम आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
-
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण