शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

गभर्नर पाैडेल समक्ष कृषि मन्त्रीको आग्रह : कृषि कर्जालाई सरलीकृत गरिदिनुपर्‍यो

आइतबार, २२ असार २०८२, २० : ३९
आइतबार, २२ असार २०८२

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि कर्जालाई सरलीकृत गराउन नेपाल राष्ट्र बैकलाई सहजीकरण गरिदिन आग्रह गरेका छन् । 

नेपाल राष्ट्र बैकका गभर्नर डा.विश्वनाथ पौडेल सँग आज सिहंदरबार स्थित मन्त्रालयमा भएको छलफलमा मन्त्री अधिकारीले कृषि मार्फत गरिबी हटाउनका लागि बैक तथा वित्तीय संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुने भएकाले साना किसानहरूले पनि सरल र सहज किसिमले ऋण प्राप्त गर्ने प्रावधानको आवश्यकता औँल्याए । 

'कृषिका लागि ठुलो मात्रामा ऋण लिएकाहरूले सो रकम अन्यत्रै परिचालन गरिएको पनि सुनिएको छ, यदि त्यस्तो हो भने कृषिमा हामीले लिएको लक्ष्य र अपेक्षा पुरा हुन सक्ने देखिँदैन,'मन्त्री अधिकारीले भने । 

कृषि ऋणको सही उपयोग भयो कि भएन यसको प्रभावकारी अनुगमनका लागि मन्त्री अधिकारीले  नेपाल राष्ट्र बैक समक्ष आग्रह गरे । मन्त्री अधिकारीले कसैले ऋण नपाउने पाउनेले अन्य प्रयोजनमा लगाउने अवस्था आउन नहुनेमा जोड दिए ।

सरकारी स्वामित्वका बैंकहरुले पनि कृषि कर्जा बढाउनु पर्ने र राष्ट्र बैकको कृषि कर्जा सम्बन्धमा गरिएको व्यवस्थाको पालना उनीहरुले गर्नुपर्ने मन्त्री अधिकारीले बताए । 

नेपाल राष्ट्र बैकका गभर्नर डा.पौडेलले हाल कृषिमा भएको लगानीको सदुपयोग हुन नसकिरहेको सन्दर्भमा आफ्नो पनि चासोको विषय भएकाले प्रतिफल आउने गरी काम गर्न जरुरी रहेको बताए । 

किसानलाई व्यवसायिक नबनाई कृषिमा भएको लगानीको प्रतिफल प्राप्त हुन नसक्ने भएकाले प्रतिफल आउने गरी लगानीको आवश्यकतामा गभर्नर डा.पौडेलले जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप