शानदार जितसँगै टेस्ट शृङ्खलामा भारतको ‘कमब्याक’
सारांश
- भारतले इङ्ल्यान्डलाई ३२७ रनले हरायो, दोस्रो टेस्टमा शानदार जित हासिल गर्दै शृङ्खला १-१ मा पुर्यायो।
- आकाश दीपको घातक बलिङ र शुभमन गिलको दोहोरो शतकले भारतलाई जित दिलायो, जसमा उनले २६९ रन बनाए।
- इङ्ल्यान्डका लागि जेमी स्मिथले ८८ रन बनाए पनि अन्य ब्याट्सम्यानले ठूलो स्कोर बनाउन सकेनन् र टोली २७१ रनमा समेटियो।
बर्मिङ्घम । इंग्ल्याण्डविरुद्धको दोस्रो टेस्टमा भारतले ३ सय २७ रनको शानदार जित हात पारेको छ ।
६ सय ८ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्याण्ड दोस्रो इनिङ्समा मात्र २ सय ७१ रनमा अलआउट हुन पुग्यो । योसँगै ५ खेलको शृङ्खला १–१ को बराबरीमा पुगेको हो । पहिलो टेस्टमा घरेलु टोली ५ विकेटले विजयी बनेको थियो ।
इंग्ल्याण्डलाई सस्तोमा समेट्न आकाश दीपले घातक बलिङ गर्दै ६ विकेट लिए । मोहम्मद सिराज, प्रसिद्ध कृष्ण, रवीन्द्र जडेजा र वासिङ्टन सुन्दरले १–१ विकेट हात पारे ।
इंग्ल्याण्डका लागि विकेटकिपर जेमी स्मिथले ८८ रन बनाउँदै केही सङ्घर्ष गरे पनि अन्य ब्याटरले ठुलो स्कोर बनाउन सकेनन् । ब्राइडन कार्सले ३८ रन बनाए भने कप्तान बेन स्टोक्सले ३३ रन जोडे ।
यसअघि कप्तान शुभमन गिलको दोहोरो शतकको मद्दतले भारतले पहिलो इनिङ्समा ५८७ रन बनाएको थियो । गिलले २६९ रन जोडे ।
जवाफमा इंग्ल्याण्डले पहिलो इनिङ्समा ४०७ रन बनायो । टोलीका लागि जेमी स्मिथले १८४ रन तथा ह्यारी ब्रुकले १५८ रनको योगदान दिए । भारतका लागि मोहम्मद सिराजले ६ तथा आकाश दीपले ४ विकेट लिए ।
त्यसपछि भारतले ६ विकेटको क्षतिमा ४२७ रन बनाउँदै दोस्रो इनिङ्स समाप्तिको घोषणा गरेको थियो । यसपटक पुनः कप्तान गिलले शतकीय इनिङ्स खेले । उनले १६१ रन बनाउँदा रवीन्द्र जडेजाले ६९ रन तथा ऋषभ पन्तले ६५ रनको योगदान दिएका थिए ।
अब तेस्रो टेस्ट जुलाई १० देखि लर्ड्स मैदानमा खेलिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण