फिल्म सिर्जनाका लागि अनुसन्धान र लगाव अपरिहार्य : निर्देशक देउजा
काठमाडौँ । वरिष्ठ निर्देशक ज्ञानेन्द्र देउजाले राम्रो फिल्म सिर्जनाका लागि अनुसन्धान र लगाव अपरिहार्य रहेको बताएका छन् । अनुसन्धान र लगाव बिना फिल्म उत्कृष्ट बन्न नसक्ने उनले बताए ।
आइतबार एक कार्यक्रममा देउजाले कालजयी कृति ‘मुना मदन’लाई चलचित्रमा उतार्दाको सङ्घर्ष र दबाबको स्मरण गरे । ‘जब मैले मुना मदन बनाउने घोषणा गरेँ, फिल्म उद्योगका मानिसले पनि बनाउन सक्दैन भन्ने दबाब दिन थालियो’, देउजाले भने ‘त्यही चुनौतीले मलाई झन् बलियो बनायो । फिल्म बनाउन सके ।’
फिल्म बनाउनु अघि त्रिभुवन विश्वविद्यालयको पुस्तकालयमा गएर ‘मुना मदन’माथि लेखिएका थेसिसहरुको गहिरो अध्ययन समेत गरेको उनले सुनाए । कार्यक्रममा देउजा सहित निर्देशक रेनशा बान्तवा राई, सुयोग गुरुङ र जनकदीप पुराजुलीले फिल्म क्षेत्रमा आफ्नो सङ्घर्ष, सिर्जना र उद्योगका चुनौतीबारे बोलेका थिए ।
‘इन्टु मिन्टु लन्डनमा’ र ‘ज्याकी आई एम २१’ जस्ता फिल्मकी निर्देशन रेनशा बान्तवा राईले एक महिला निर्देशकका रूपमा आफूले भोगेका चुनौती र सिकाइको अनुभव बाँडिन् ।
‘म ‘इन्टु मिन्टु लन्डनमा’ भन्दा ‘ज्याकी आई एम २१’बाट धेरै प्राउड भएँ । किनभने त्यो डान्स जनरामा बनेको फिल्म थियो’, उनले भनिन् ‘म डान्सबाट आएको भएकोले त्यही विषयमा फिल्म बनाउने रहर सुरु देखिनै थियो ।’
रहरलाई प्रोजेक्टमा उतार्न थुप्रै चुनौतीको सामना गर्नुपर्ने उनको भनाई रहेको छ । भनिन्, ‘नेपालमा पहिलो डान्स फिल्म बनाएर रेकर्ड राखे । त्यसमा मलाई खुसी लागेको छ ।’
‘फर्की फर्की’ फिल्मबाट चर्चामा छाएका निर्देशक सुयोग गुरुङले अरूको नक्कल गर्नुभन्दा आफ्नै मौलिक बाटो अपनाएर फिल्म बनाउनुपर्ने बताए । ‘‘लुट’ चलेपछि लुटजस्ता र ‘कबड्डी’ चलेपछि कबड्डीजस्ता फिल्म बन्न थाले’, गुरुङले भने ‘हामीले ट्रेन्ड पछ्याउने होइन, ट्रेन्ड बनाउने हो ।’ उनले ‘जेरी अन टप २’ को सगरमाथाको कथालाई सीमित बजेटमा कसरी प्राविधिक र रचनात्मक रूपमा बनाउन सकिन्छ भनेर गरेको गृहकार्यबारे पनि जानकारी दिए ।
चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले सर्जकको सिर्जनामा कैँची लगाउनु जायज नभएको बताउँदै विश्वका धेरै देशमा सेन्सरसिप नभई ग्रेडिङ प्रणाली लागू भएको बताए ।
‘सर्जक एउटा पागल हो, उसले जे पनि परिकल्पना गर्न सक्छ । तर त्यो समाजका लागि कति जायज छ भन्ने सोच्ने क्षमता पनि उसमा हुन्छ’, पराजुलीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण