पेट्रोल र डिजेलसहित ८ हजार लिटर चोरीको तेल प्रहरीद्वारा नियन्त्रणमा
सारांश
- बाराको जीतपुर सिमरा-२२ मा प्रहरीले ८ हजार लिटर तेल बरामद गरेको छ।
- प्रहरीले ट्यांकरबाट तेल चोरी गरिरहेको अवस्थामा एक मिनी ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ।
- घटनास्थलबाट पाम आयल, पेट्रोल, डिजेल र मट्टीतेल बरामद भएको छ, र ग्यारेज सञ्चालक फरार छन्।
बारा । जीतपुर सिमरा–२२ स्थित अम्लेगञ्जबाट प्रहरीले पेट्रोल, डिजेल र मट्टीतेलसहित करिब ८ हजार लिटर तेल नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले अम्लेखगञ्जस्थित हलेसी पेट्रोल पम्प नजिकै रहेको गाडी धुने (वास ग्यारेज) मा ट्ंयाकरबाट तेल चोरी गरिरहेको अवस्थामा मिनी ट्रक नियन्त्रणमा लिएको हो । त्यस क्रममा प्रहरीले बारा फत्तेपुरन निवासी ट्रक चालक सुवास चौधरीलाई पनि नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिएको तेलमध्ये ५ हजार ७ सय ९५ लिटर पाम आयल, १ हजार लिटर पेट्रोल, ६ सय लिटर डिजेल र ६ सय लिटर मट्टीतेल रहेको छ ।
इलाका प्रहरी कार्यालय सिमराका प्रमुख वेदप्रकाश जोशीले सुरेन आलेले सञ्चालन गरेको गाडी धुने ग्यारेजको पछाडि खाली ठाउँमा ट्ंयाकरबाट तेल चोरी गरेर बेचिरहेको भन्ने सूचनाका आधारमा तेल तथा तेलजन्य खाद्य पदार्थ नियन्त्रणमा लिएको जानकारी दिए ।
सो ग्यारेजमा छापा मार्ने क्रममा बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी स्वयम प्रहरीसँगै पुगेका थिए ।
ग्यारेज सञ्चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले घटनाबारे थप अनुसन्धान गरेर कारबाही पक्रिया अगाडि बढाउने जनाएको छ ।
यसअघि पनि सोही ग्यारेजबाट अम्लेखगञ्ज प्रहरीले पटक पटक चोरीको पेट्रोल, डिजल, मट्टीतेल र पाम आयल बरामद गरेको थियो । तर हालसम्म ग्यारेज सञ्चालक र चोरीमा संलग्नलाई कारबाही भने हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण