शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
इजरायल

इजरायलद्वारा लेबनानका विभिन्न क्षेत्रमा हवाई आक्रमण

सोमबार, २३ असार २०८२, ०२ : २१
सोमबार, २३ असार २०८२

सारांश

  • इजरायली सेनाले लेबनानका पूर्वी, दक्षिणी र पहाडी क्षेत्रहरूमा हवाई आक्रमण गरेको छ।
  • लेबनानको बोडाई सहर नजिक कम्तीमा तीन पटक बमबारी भएको छ।
  • दक्षिणी लेबनानको टायर सहर नजिकका क्षेत्रहरूमा पनि आक्रमणहरू भएका छन्।

काठमाडौँ । इजरायली सेनाले लेबनानका थुप्रै स्थानहरूमा हवाई आक्रमण गरेको छ। स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलिएका भिडियोहरूका अनुसार आक्रमणहरू लेबनानका पूर्वी, दक्षिणी र पहाडी क्षेत्रहरूमा केन्द्रित रहेको अलजजीराले जनाएको छ ।

लेबनानको सरकारी समाचार एजेन्सी नेशनल न्यूज एजेन्सी का अनुसार इजरायली युद्धक विमानहरूले पूर्वी लेबनानको बोडाई सहर नजिक कम्तीमा तीन पटक बमबारी गरेका छन्।

त्यसैगरी, दक्षिणी लेबनानको टायर सहर नजिकको अर्जी र बुर्ज रहाल क्षेत्रका छेउमा पनि तीनवटा आक्रमण भएको जनाइएको छ।

सिदोन नजिकको कफर मेल्की क्षेत्र, लिटानी नदी किनारका दुई शहर र इक्लिम अल-टुफाहको पहाडी क्षेत्रमा समेत बमबारी गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप