३३ किलो सुन : अर्का व्यापारी पनि समातिए
काठमाडौं -३३ किलो सुन प्रकरणमा अर्का एक जना व्यवसायी पक्राउ परेका छन् ।
पक्राउ पर्ने भारतीय नागरिक बिमल पोद्दार हुन् ।
उनी झन्डै ४८ बर्षदेखि नेपाल बस्दै आएको छन् ।
पोद्दारले तस्करी गरी ल्याएको सुना सप्लाईको भूमिका खेल्थे ।
सुन तस्करी सम्बन्धी छानविनका लागि गठित समितिका एक सदस्यले पक्राउ परेका पोदारमाथि छानविन भैरहेके बताएका छन् ।
३३ किलो सुन प्रकरणमा मुछिएको बाजेको सेकुवा कर्नरका ६ वटा शाखामा गृहमन्त्रालयले बनाएको छानबिन समितिले छापा मारेर शिलबन्दी गरेको छ ।
समितिले बुधबार अनामनगर, स्रोहखुट्टे, एयरपोर्ट, सामाखुसीसहित ६ शाखामा छापा मारी शिलबन्दी गरेको छ ।
समितिले छापा मारेका सबै सेकुवा कर्नरबाट कागजात नियन्त्रणमा लिँदै कारोबार रोक्का गरेको छ ।
३३ किलो सुन तस्करी र सनम शाक्य हत्याको अनुसन्धानमा चेन रेस्टुरेन्ट बाजेको सेकुवाका सञ्चालक चेतन भण्डारी मुछिएसँगै छानबिन समितिले यसअघि बैंक खाता रोक्का राख्न पत्राचार गरिसकेको थियो ।
उता सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले सुन तस्करीमा संलग्न चुडामणि उप्रेति ‘गोरे’ सहित ३ जनाले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्तिको अनुसन्धान सुरु गरेको छ ।
विभागले सुन तस्करीमा संलग्न अभियुक्तहरु गोरे, भुजुङ गुरुङ र छिरिङ वाङगेललाई सोमबार विभागमा झिकाएर सम्पत्ति छानवीन अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
समितिले यसअघि उर्लाबारीका सनम शाक्यको हत्या र साढे ३३ केजी सुन गायब प्रकरणको अनुसन्धानपछि जिल्ला अदालत, मोरङमा ६३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
हाल नेपाल प्रहरीका पूर्व डिआईजी गोविन्द्र निरौला, एसएसपी श्याम खत्री, दिवेश लोहनी, एसपी विकासराज खनालसहित अन्य पुर्पक्षका लागि थुनामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण