रुसी कार्गो अन्तरिक्ष यान अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा अवतरण
सारांश
- प्रोग्रेस एमएस-३१ कार्गो अन्तरिक्ष यान सफलतापूर्वक अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा अवतरण भयो।
- यानले चालक दलका लागि सामान, इन्धन, पानी र नाइट्रोजन सहित २,६२५ किलोग्राम कार्गो पुर्यायो।
- यो यान १६७ दिनसम्म आईएसएसमा रहनेछ र वैज्ञानिक अनुसन्धानका लागि उपकरणहरू लैजान्छ।
काठमाडौँ । रुसको कार्गो अन्तरिक्ष यान प्रोग्रेस एमएस–३१ अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा सफलतापूर्वक अवतरण भएको छ ।
रूसकोअन्तरिक्ष निगम रोस्कोसमोसले आईतवार आफ्नो वेबसाइटमा यसबारे जानकारी गराएको छ । स्वचालित डकिङ (शनिवार २१२५ जीएमटी) मस्को समय अनुसार ००ः२५ बजे आईएसएसको रुसी खण्डमा रहेको पोइस्क मिनी–रिसर्च मोड्युलमा भएको थियो ।
अन्तरिक्ष यान १६७ दिनसम्म त्यही रहने तालिका छ । सोयुज–२.१ए क्यारियर रकेटमा बिहीबार बैकोनुर कोस्मोड्रोमबाट प्रक्षेपण गरिएको प्रोग्रेस एमएस–३१ ले आइएसएसमा कुल २ हजार ६ सय २५ किलोग्राम कार्गो पु-यायो । ढुवानीमा चालक दलका लागि १ हजार २ सय ५ किलोग्राम सुख्खा सामान, स्टेशन इन्धन भर्नको लागि ९५० किलोग्राम प्रोपेलेन्ट, ४२० किलोग्राम पिउने पानी र स्टेशनको वायुमण्डललाई पुनः पूर्ति गर्न ५० किलोग्राम नाइट्रोजन समावेश छ ।
यसको अतिरिक्त, अन्तरिक्षयानले वैज्ञानिक उपकरणहरू पुर्यायो, जुन अन्तरिक्ष विज्ञानका विभिन्न क्षेत्रहरूमा अनुसन्धानको लागि प्रयोग गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण