बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ब्रिक्स देशमाथि ‘अमेरिका विरोधी’ को आरोप : १० प्रतिशत ट्यारिफ लगाउने ट्रम्पकाे चेतावनी

सोमबार, २३ असार २०८२, १० : ४४
सोमबार, २३ असार २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति ट्रम्पले ब्रिक्स राष्ट्रहरूलाई अमेरिका विरोधी नीति लिएको आरोप लगाएका छन्।
  • ट्रम्पले ब्रिक्स राष्ट्रहरूलाई थप १० प्रतिशत ट्यारिफ लगाउने चेतावनी दिएका छन्।
  • ट्रम्पले ब्रिक्सले डलरको प्रयोग घटाएमा १०० प्रतिशत ट्यारिफ लगाउने चेतावनी दिए।

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्सका सदस्य राष्ट्रहरूलाई अमेरिका विरोधी भनेका छन् । ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकासमेत १० देशहरूको यो समूहले अमेरिकी विरोधी नीतिहरू अपनाएको भन्दै यी देशमाथि थप १० प्रतिशतको ट्यारिफ (अतिरिक्त भन्सार महसुल) लगाउने चेतावनी आइतबार ट्रम्पले दिएका छन् ।

आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलकाे एक पोस्टमा उनले लेखेका छन्, ‘ब्रिक्सको अमेरिका विरोधी नीतिहरूसँग मिल्ने कुनै पनि देशलाई थप १०  प्रतिशत कर लगाइनेछ । यसबाट कसैलाई पनि छुट दिइने छैन ।’ 

विश्व व्यापारमा डलरको प्रयोग घटाउने सोचे भने मात्रै पनि ब्रिक्स देशमाथि १०० प्रतिशत ट्यारिफ लगाउने पनि उनले चेतावनी दिएका छन् । आफ्नो पोस्टमा ट्रम्पले अमेरिका विरोधी नीतिबारे स्पष्ट वा विस्तृत जानकारी भने दिएका छैनन् । न त उनले यसको कुनै सन्दर्भ नै दिएका छन् । 

२००९ मा ब्राजिल, रुस, भारत र चीनसँग मिलेर ब्रिक समूह गठन गरेका थिए । पछि यसमा दक्षिण अफ्रिका थपिएपछि यो ब्रिक्स भएको थियो । २००४ मा इजिप्ट, इथियोपिया, इन्डोनेसिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स र इन्डोनेसिया पनि यस समूहमा सदस्यको रूपमा सामेल भए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप