क्याफे आक्रमणमा हमासका नौसेना कमान्डरको मृत्यु : इजरायल
सोमबार, २३ असार २०८२, ११ : २२
सारांश
- उत्तरी गाजाको क्याफेमा भएको आक्रमणमा हमासका नौसेना कमान्डरको मृत्यु भएको छ।
- इजरायल रक्षा बलका अनुसार, आक्रमणमा हमासका अन्य दुई सदस्य र धेरै नागरिक मारिए।
- बीबीसीले क्याफे आक्रमणमा २९ जनाको मृत्यु भएको पुष्टि गरेको छ, जसमा महिला र बालबालिका पनि थिए।
तेल अभिभ । उत्तरी गाजाको समुद्र तट क्याफेमा भएको आक्रमणमा हमासका नौसेना कमान्डरको मृत्यु भएको बताइएको छ । यस आक्रमणमा धेरै नागरिकहरू पनि मारिएका खबर आएको छ । गाजाको अल–बाका क्याफेमा उक्त आक्रमण भएको थियो ।
आक्रमणमा नौ सेनाका कमान्डर रमजी रमजान अब्द अली सालेह साथै हमासको मोर्टार युनिटका उपप्रमुख हिशाम अयमान अतिया मन्सूर र निसिम मुहम्मद सुलेमान अबु सबाहाको मृत्यु भएको इजरायल रक्षा बल (आईडीएफ) ले आइतबार भनेको छ ।
सालेह हमासको समुद्री आक्रमण योजना बनाउन र कार्यान्वयन गर्न संलग्न रहेको आईडीएफको भनाइ छ । आक्रमणको समयमा हमासका एक जना वरिष्ठ कमान्डर क्याफेमा रहेको हल्ला सुनिएको गाजास्थित स्रोतहरूले बीबीसीलाई बताएका छन् ।
बीबीसीले क्याफे आक्रमणमा मारिएका २९ जनाको नाम पुष्टि गरेको छ, जसमध्ये कम्तीमा नौ जना महिला र बालबालिका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण