रेशम चौधरीले भेटे प्रधानमन्त्री ओली
सोमबार, २३ असार २०८२, १५ : १९
सारांश
- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भयो।
- भेटमा चौधरीले सुदूरपश्चिमका मन्त्रीलाई बर्खास्त गरेको विषय उठाए।
- पार्टीले सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने कुरा भएको छ।
काठमाडौँ । सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेको नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।
सोमबार दिउँसो बालुवाटारमा भएको भेटवार्तामा संरक्षक चौधरीले सुदूरपश्चिममा आफ्नो पार्टीका तर्फबाट मन्त्री बनेका रामेश्वर चौधरीलाई विनाकारण बर्खास्त गरेको बताएका थिए । साथै उनले सङ्घीय सरकारलाई आफ्नो पार्टीले दिएको समर्थनबारे समेत विचार गर्ने बताएको बालुवाटार स्रोतले जनाएको छ ।
यसअघि सुदूरपश्चिमका मन्त्री हटाएको भन्दै रेशम र अध्यक्ष रञ्जिताले सरकारलाई दिएको समर्थन फिर्ता लिएर विपक्षमा बस्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण