बारामा लागूऔषधसहित एक युवक पक्राउ
सारांश
- बारा प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।
- प्रहरीले कलैया उपमहानगरपालिका-५ बाट ४,५०० पिस प्रतिबन्धित लागूऔषध बरामद गरेको छ।
- पक्राउ पर्नेमा जीतपुर सिमरा उपमहानगरपालिका-७ का सेराज अंसारी रहेका छन्।
बारा। जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको विशेष टोलीले लागू औषधको ठुलो परिमाणसहित एक युवकलाई पक्राउ गरेको छ।
प्रहरीको विशेष सूचनाका आधारमा सोमबार बेलुका करिब ७ः१० बजे प्रहरी सहायक निरीक्षक नन्द किशोर सिंहको कमान्डमा खटिएको टोलीले कलैया उप–महानगरपालिका–५, भरत चौकस्थित मटिअर्वातर्फ जाने बाटोको छेउमा शङ्कास्पद रूपमा दुई वटा क्यारेटसहित उभिएको एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो।
प्रहरी देखेपछि ती व्यक्ति भाग्न खोजे पनि तत्काल नियन्त्रणमा लिइएको र क्यारेट खोली जाँच गर्दा जम्मा ४,५०० पिस प्रतिबन्धित लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। बरामद औषधमा नोफिन, फेनारगन र डाइजोपाम क्रमशः १५–१५ सय पिस रहेका छन्।
पक्राउ पर्ने व्यक्ति बारा जिल्लाको जीतपुर सिमरा उप–महानगरपालिका–७ निवासी करिब २० वर्षीय सेराज अंसारी रहेको प्रहरीले जनाएको छ।
हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण