अपडेट
तस्बिरमा हेर्नुहोस् नेपाल–चीन सीमा क्षेत्रमा बाढीको बितण्डा
मङ्गलबार, २४ असार २०८२, ०७ : १३
सारांश
- आज बिहान नेपाल-चीन सीमा क्षेत्रमा आएको बाढीले भौतिक संरचनामा क्षति पुर्यायो।
- बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगायो, जसले गर्दा चीनसँगको मार्ग अवरुद्ध भयो।
- भन्सार यार्डमा रहेका १०० देखि १५० वटा गाडी बाढीले बगायो, र केही मजदुर बेपत्ता छन्।
काठमाडौँ । नेपाल चीन सीमा क्षेत्र आज बिहान आएको बाढीले ठुलो मात्रामा भौतिक संरचनामा क्षति पुर्याएको छ । भीषण वर्षासँगको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले गएरातिको बाढीले पुल बगाएको पुष्टि गरे । यससँगै रसुवा हुँदै चीनसम्मको मार्ग विच्छेद भएको छ ।
यस्तै भन्सारको यार्ड (ड्राइपोट) मा रहेका १०० देखि १५० वटा गाडीमध्ये अधिकांश बाढीले बगाएको जानकारी आएको बताए ।
उनले ड्राइपोटमा काम गर्ने केही ड्राइभर तथा मजदुरलाई पनि बाढीले बगाएको हुनसक्ने भन्दै जानकारी आएको भएपनि हालसम्म पुष्टि भने हुन नसकेको बताए ।
उनले समग्रमा क्षति ठुलो भएको भन्दै घटनास्थलमा पुगेर क्षतिको थप विवरण र सूचना संकलन गर्ने काम भइरहेको बताए । सामाजिक सञ्जालमार्फत प्राप्त केही तस्बिरहरुः








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनोट प्रक्रियामा मन्त्रालयको त्रुटि, आवेदन प्रक्रिया रद्द
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण