अपडेट
रसुवामा बाढी : उद्धारमा खटिएका ३ प्रहरी र केही मजदुर सम्पर्कविहीन
मङ्गलबार, २४ असार २०८२, ०७ : ४८
सारांश
- रसुवागढीमा बाढी आएपछि उद्धारमा खटिएका ३ जना प्रहरी सम्पर्कविहीन भएका छन्।
- चीनमा परेको वर्षाका कारण आएको बाढीले ड्राइपोर्टका मजदुरहरूलाई पनि प्रभाव पारेको छ।
- प्रहरी सहायक निरीक्षक लाल बहादुर श्रेष्ठ, जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहरा सम्पर्कविहीन भएका छन्।
काठमाडौँ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ स्थित रसुवागढीमा बाढी आएपछि उद्धार गर्न खटिएका ३ जना प्रहरी सम्पर्क विहीन भएका छन् ।
चीनमा परेको अविरल वर्षाको कारण आएको बाढीमा परेर टिमुरे स्थित ड्राइपोर्टमा कार्यलयका केही मजदुरहरू पनि सम्पर्कविहीन भएको रसुवाका डीएसपी हेम शाहीले रातोपाटीलाई बताए । उनले भने, ‘ड्राइपोर्टमा काम गर्नेहरू पनि सम्पर्क विहीन भएका छन्, खोजी र उद्धार हुँदै छ ।’
इलाका प्रहरी कार्यालय टिमुरेबाट उद्धारमा खटिएका प्रहरी सहायक निरीक्षक लाल बहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र जवान लोकेन्द्र बोहरा सम्पर्कविहीन भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनोट प्रक्रियामा मन्त्रालयको त्रुटि, आवेदन प्रक्रिया रद्द
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण