सर्वोच्चका नवनियुक्ति तीन न्यायाधीशका लागि तोकियो इजलास
सारांश
- सर्वोच्च अदालतमा नवनियुक्त तीन न्यायाधीशका लागि इजलास तोकिएको छ।
- न्यायाधीशहरू श्रीकान्त पौडेल, शान्तिसिंह थापा र मेघराज पोखरेलले मंगलबारदेखि मुद्दाको सुनुवाइ सुरु गरे।
- नवनियुक्त न्यायाधीशहरूले गोलाप्रथाबाट इजलास र मुद्दाको पेसी तोकेका हुन्।
काठमाडौँ । सर्वोच्च अदालतमा नयाँ नियुक्त भएका ३ जना न्यायाधीशका लागि इजलास तोकिएको छ । नवनियुक्त न्यायाधीशहरू श्रीकान्त पौडेल, शान्तिसिंह थापा र मेघराज पोखरेलले मंगलबारदेखि मुद्दाको सुनुवाइ गर्न सुरु गरेका हुन् ।
सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट न्यायाधीशमा नियुक्त भएका उनीहरू प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतबाट शपथ लिएर आजदेखि काममा लागेका हुन् ।
नवनियुक्त न्यायाधीशहरुले मंगलबार कार्यभार सम्हाल्दै पेसीको गोलामा भाग लिएका हुन् । गोलाप्रथाबाट मंगलबार सर्वोच्चमा एक पूर्णसहित १० वटा इजलास र २९४ वटा मुद्दाको पेसी तोकिएको छ ।
नवनियुक्त तीनै न्यायाधीशहरू संयुक्त इजलासमा सुनुवाइ गर्दै छन् । पहिलो दिन पौडेल न्यायाधीश मनोजकुमार शर्मासहितको चार नम्बर इजलासमा २४ वटा मुद्दाको सुनुवाइ गर्दै छन् । थापा कुमार चुडालसहितको पाँच नम्बर इजलासमा ३० वटा मुद्दा र पोखरेल विनोद शर्मासहितको आठ नम्बर इजलासमा २८ वटा मुद्दाको सुनुवाइ गर्दै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन उद्घाटन अघिको माहोल, तस्बिरमा हेर्नुहोस्
-
चर्कियो ट्रम्प र इटालीकी प्रधानमन्त्रीको सामाजिक सञ्जालमै 'भिडन्त', के हो जी–७ को तस्बिर प्रकरण ?
-
एनसेल र ट्रिप टर्बोबीच साझेदारी : बस, जहाज र साहसिक पर्यटनमा भारी छुटको सुविधा
-
रास्वपा स्थापनाको चार वर्षमा रवि झन् शक्तिशाली बन्दै
-
यी हुन् मधेस बाहेकका रास्वपाका महाधिवेशन प्रतिनिधि
-
रास्वपा महाधिवेशनस्थलमा सेना र पुलिसको बम स्क्वाड टोलीले गर्यो चेकजाँच (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण