बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

बाढी र पहिरोमा परेकाको उद्धारमा तीव्रता दिन उपसभामुख रानाको आग्रह

मङ्गलबार, २४ असार २०८२, १३ : २४
मङ्गलबार, २४ असार २०८२

सारांश

  • उपसभामुख इन्दिरा राना मगरले बाढी र पहिरोमा परेका व्यक्तिको उद्धार र राहतका लागि आग्रह गरिन्।
  • रसुवाको टिमुरे क्षेत्रमा भोटेकोसी नदीमा आएको बाढीले पुर्‍याएको क्षतिको बारेमा उनले दुःख व्यक्त गरिन्।
  • उनले उद्धार र राहत कार्यका लागि सबै संयन्त्र परिचालन गर्न सरकारलाई आग्रह गरिन्।

काठमाडौँ । उपसभामुख इन्दिरा राना मगरले बाढी र पहिरोमा परेका व्यक्तिको उद्धार र राहत सामग्री वितरणका लागि सबै संयन्त्रलाई तत्काल र प्रभावकारी रूपमा परिचालन गर्न सरकारसँग आग्रह गरेकी छन् । 

नेपाल र चीनको सिमानामा पर्ने रसुवाको टिमुरेलगायत क्षेत्रमा भोटेकोसी नदीमा आएको भीषण बाढीले ठुलो जनधनको क्षति पुर्‍याएकामा आज  सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दै उहाँले उद्धार र राहतमा लाग्न सरकारसँग आग्रह गरेकी हुन् । 

उपसभामुख रानाले भनेकी छन्, “बाढीले पुर्‍याएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्राकृतिक विपद्को विषम परिस्थितिमा उद्धार र राहत कार्यका लागि सबै संयन्त्रलाई तत्काल र प्रभावकारी रूपमा परिचालन गर्न साथै उच्च सतर्कता अपनाउन र विपद् जोखिम न्यूनीकरणका लागि सम्पूर्ण सरकारी निकाय, राजनीतिक दल, सङ्घसंस्था र नागरिकलाई अपिल पनि गर्दछु ।” 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप