शिक्षा विधेयकलाई शिक्षक विधेयक नबनाऔँ : सांसद शर्मा
काठमाडौँ । राष्ट्रियसभामा नेपाली कांग्रेसका सांसद युवराज शर्माले शिक्षा विधेयकलाई शिक्षक विधेयक नबनाउन सरकारसँग आग्रह गरेका छन् ।
राष्ट्रिय सभाको मंगलबारको बैठकमा बोल्दै शर्माले शिक्षकसँग थप सल्लाह गर्नु छ भनी सरकारद्वारा विद्यालय शिक्षा विधेयकलाई रोक्नु वा फिर्ता लिनु कदापि उचित नभएको बताएका हुन् ।
उनले भने, ‘विद्यालय शिक्षा विधेयक शिक्षकको लागि मात्र हो भने शिक्षकका सङ्घ र संगठनलाई नै लेख्न दिए त भइहाल्थ्यो । सल्लाह नै गर्नु थियो भने शिक्षक मात्रै किन ? विद्यार्थी, अभिभावक, संघसंगठन, अभिभावक, स्थानीय पालिकासँग व्यापक छलफल गर्न उचित हुन्थ्यो । निजामती सेवा विधेयक जस्तै विद्यालय शिक्षा विधेयकमा पनि वितण्डा नमच्चियोस् । यो शिक्षा विधेयक हो, शिक्षक विधेयक मात्रै होइन भनेर सबैले बुझ्दा हुन्छ ।’
सांसद शर्माले निजामती सेवा विधेयक जस्तै विद्यालय शिक्षा विधेयकमा पनि वितण्डा नमच्चाउन आग्रह गरे । सरकारले शिक्षकहरूसँग सहमति गर्ने भन्दै शिक्षा, सूचना प्रविधि समितिमा रहेको विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन समय माग गरेको छ । समितिले ५ दिनको समय दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
-
काठमाडौं उपत्यकाको ढल निकास सुधार्ने विषयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण