चिकित्सकहरूको आन्दोलनप्रति आयोगको ध्यानाकर्षण, भन्यो– स्वास्थ्य सेवा तत्काल सुचारु गर
सारांश
- राष्ट्रिय मानव अधिकार आयोगले चिकित्सकहरूको आन्दोलनप्रति ध्यानाकर्षण जनाएको छ।
- आयोगका अनुसार स्वास्थ्य सेवा बन्द गर्नु संविधान र अन्य कानुनको विपरीत हो।
- आयोगले चिकित्सक संघ र सरकारलाई वार्ता र स्वास्थ्य सेवा सुचारु गर्न आग्रह गरेको छ।
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले नेपाल चिकित्सक सङ्घको नेतृत्वमा चिकित्सकहरूद्वारा भइरहेको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।आयोगले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
'नागरिकको सरल र सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने हकको उल्लङ्घन भएको भनी आयोगमा उजुरी समेत प्राप्त भएको छ । स्वास्थ्य सेवा जस्तो अत्यावश्यकीय सेवा बन्द गर्ने कार्य नेपालको संविधानको धारा ३५ द्वारा प्रदत्त स्वास्थ्य सम्बन्धी हक, धारा ४४ द्वारा प्रदत्त उपभोक्ताको हक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको धारा १२ द्वारा प्रदत्त स्वास्थ्यको अधिकार, मानव जीवन र मानव स्वास्थ्यसँग सम्बन्धित अन्य प्रचलित नेपाल कानुन समेतको विपरीत कार्य हो,'आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ ।
पेसागत मर्यादा कायम राखी कार्य गर्न सबै चिकित्सकहरूलाई आयोगले आग्रह समेत गरेको छ । साथै, स्वास्थ्य सेवाको क्षेत्रमा देखिएका अन्यौलता तथा अस्पष्टताहरूलाई सार्थक वार्ता र संवादबाट समाधान गर्न तथा उपभोक्ता अदालतको निर्णयमा देखिएका असहमतिका सम्बन्धमा कानुनी प्रक्रियाको अवलम्बन गर्न र स्वास्थ्य सेवा तत्काल सुचारु गर्न आयोगले नेपाल चिकित्सक सङ्घ तथा नेपाल सरकारलाई आग्रह गरेको छ ।
_kx8iyjcbOF.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण