सरकारलाई रास्वपाको आग्रह–बाढीमा परी बेपत्ता भएका नागरिकको खोजी तथा उद्धारको तत्काल व्यवस्था गर
सारांश
- रास्वपाले चीनको तिब्बतबाट आएको बाढीमा बेपत्ता नागरिकको खोजी र उद्धारको लागि सरकारसँग आग्रह गरेको छ।
- रास्वपाले बाढीबाट रसुवागढी नाका र सुख्खा बन्दरगाहमा पुगेको क्षतिको पुनर्निर्माण गर्न माग गरेको छ।
- रास्वपाले भविष्यमा यस्ता घटना रोक्न चीनसँग कूटनीतिक संवाद गर्न सरकारलाई आग्रह गरेको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले मंगलबार बिहान चीनको तिब्बत क्षेत्रबाट आएको बाढीमा परी बेपत्ता भएका नागरिकको खोजी तथा उद्धारमा दु्रत एकीकृत पहल गर्न र प्रभावित परिवारलाई तत्काल सुरिक्षत स्थानमा स्थानान्तरण गर्न सरकारसँग आग्रह गरेको छ ।
मंगलबार बिहान एक विज्ञप्ति जारी गरी रास्वपाले प्राकृतिक विपत्तिले निम्त्याएको मानवीय र भौतिक संकटप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धारका लागि आग्रह गरेको हो ।
नेपालको अन्तर्राष्ट्रिय व्यापारका लागि जीवनरेखा मानिने रसुवागढी नाकाको मितेरी पुल र सुख्खा बन्दरगाहमा भएको क्षतिले अर्थतन्त्रमा समेत प्रत्यक्ष असर पार्ने भएकाले प्राविधिक मूल्यांकन गरी पुनर्निर्माण कार्य तत्काल सुरु गर्ने गरी स्पष्ट कार्ययोजना सार्वजनिक गर्न पनि सरकारसँग आग्रह गरेको छ ।
‘बाढीमा परी बेपत्ता भएका नागरिकको खोजी तथा उद्धारमा द्रुत एकीकृत पहल गर्न तथा प्रभावित परिवारलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरी अत्यावश्यक खाद्यान्न, लत्ताकपडा, औषधि–उपचार र अस्थायी बसोबासको भरपर्दो व्यवस्था मिलाउन सरकार समक्ष आग्रह गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।
साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक प्राविधिक सहकार्य तथा पूर्वसूचना प्रणाली जडानका लागि चिनियाँ पक्षसँग उच्चस्तरीय कूटनीतिक संवाद अगाडि बढाउन पनि सरकारलाई ध्यानाकर्षण ध्यानाकर्णण गराएको छ ।
रसुवासहित अन्य स्थानमा भएका प्राकृतिक विपद्का घटनाका प्रभावितको उद्धार, राहत र अन्य मानवीय सहयोगमा स्थानीय प्रशासनसँग समन्वय गरी सक्रियतापूर्वक जुट्न पार्टी पंक्तिलाई रास्वपाले आह्वान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
-
‘हली’को ट्रेलरमा देश बनाउने र छाउप्रथाकाे कथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण