त्रिभुवन विश्वविद्यालयको सिनेट बिहीबार बालुवाटारमा बस्ने
सारांश
- प्रधानमन्त्री निवास बालुवाटारमा त्रिभुवन विश्वविद्यालयको सभा (सिनेट) बोलाइएको छ ।
- आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नका लागि बैठक बोलाइएको हो ।
- यसअघि असार २२ गते बोलाइएको बैठक प्रधानमन्त्रीको निर्देशनमा अन्तिम समयमा स्थगित भएको थियो।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको सभा (सिनेट) प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । आगामी बिहीबार (असार २६ गते) प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओली निवास बालुवाटारमा बस्ने गरी बोलाइएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले त्रिविका उपकुलपति प्राडा खड्क केसीलाई पत्र पठाउँदै बिहीबार बिहान १० बजे सिनेट बैठकमा आउन भनिएको हो ।
उपकुलपति केसीले बिहीबार बिहान १० बजे सिनेट बैठकमा आउन भनिएको बताए । सिनेटमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिने उनको भनाइ छ । सिनेटका लागि शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपति रघुजी पन्तलाई समेत बोलाइएको छ ।
असार २२ गते बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो । त्रिविको आगामी वर्षको बजेट, नीति तथा कार्यक्रम र ९० हजार विद्यार्थीलाई ग्रेजुएट पारित गर्ने बोलाइएको सिनेट ओलीको निर्देशनमा रोकिएको थियो ।
असार २० गतेका लागि बोलाउने तयारी भएको सिनेट प्रधानमन्त्रीको निर्देशनमा असार २२ गतेका लागि बोलाइएको थियो । २२ गतेको बैठक समेत अन्तिम समयमा आएर स्थगित भएको थियो । असार २२ गतेको बैठक स्थगित गर्दै प्रधानमन्त्री ओली पुल उद्घाटन गर्न हुम्ला गएका थिए ।
प्रधानमन्त्री ओलीले त्रिविसहित अन्य विश्वविद्यालयको समेत सिनेट बालुवाटारमै बोलाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण