कर फर्छ्यौटसम्बन्धी मुद्दामा विशेषको फैसला सर्वोच्चले गर्यो बदर
सारांश
- सर्वोच्च अदालतले कर फर्छ्यौट आयोगका पदाधिकारीविरुद्धको मुद्दामा विशेष अदालतको फैसला बदर गरेको छ।
- अदालतले मुद्दा पुनः विशेष अदालतमा पठाउने निर्णय गरेको छ, जसले राजस्व चुहावटको आरोपमाथि पुन: सुनुवाइ हुनेछ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदाधिकारीहरूले राज्यलाई हानि पुर्याएको भन्दै मुद्दा दायर गरेको थियो।
काठमाडौँ । सर्वोच्च अदालतले कर फर्छ्यौट आयोगका पदाधिकारीहरूविरुद्धको मुद्दामा विशेष अदालतले गरेको फैसला बदर गरेको छ ।
सोमबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिवको हैसियतमा काम गरेका आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मालाई विशेष अदालतको फैसला बदर गरेको हो ।
फैसला बदर गर्दै उक्त मुद्दा पुनः सुरु अदालत (विशेष अदालत) मै पठाउने फैसला सर्वोच्चले गरेको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७१ सालमा गठन भएको कर फर्छ्यौट आयोगका पदाधिकारीहरूले १ अर्ब ३३ लाख रुपैयाँ राजस्व चुहावट गरी राज्य कोषमा हानीनोक्सानी गरेको भन्दै मुद्दा दायर गरेको थियो ।
उक्त मुद्दामा विशेष अदालतले उनीहरू हरेकलाई २ अर्ब ५ करोड २३ लाख बिगो अनि थप ४ अर्ब १० करोड रुपैयाँ तिराउनुपर्ने फैसला गरेको थियो ।
आयोगका पदाधिकारीलाई नै ९ वर्ष कैद सजाय हुने फैसला भएको थियो । आयोगका अध्यक्ष महतलाई थप एक महिना कैद सजाय तोकिएको थियो । उक्त फैसला चित्त नबुझाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्चमा गएको थियो ।अदालतले सुरुको फैसला बदर गर्ने फैसला गरेको हो ।
यस्तै कारागारमा रहेका लुम्बध्वज महत र चुडामणी शर्माले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्चले खारेज गरेको छ । थुनामै रहेका उमेश ढकालले दफा १३७ (६) बमोजिम सुविधा माग गरी दिएको निवेदनमा कानुनबमोजिम गर्न आदेश भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण