प्रधानमन्त्रीको स्पेन भ्रमण प्रकरण : प्रधानमन्त्री सचिवालयलाई रेनु दाहालले दिइन् यस्तो चुनौती
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयबाट तथ्यहीन समाचार सम्प्रेषण गरिएको भन्दै चितवनस्थित भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आपत्ति जनाएकी छन् ।
मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै प्रमुख दाहालले आफ्नो सचिवालयबाट प्रधानमन्त्रीको स्पेन भ्रमणको विषयमा अफवाह नफैलाएको समेत बताइन् ।
महानगर प्रमुख दाहालले फेसबुकमा लेखेकी छन्,'तथ्यहीन समाचार सम्प्रेषण गरिएकोमा आपत्ति सहित गम्भीर ध्यानाकर्षण भएको छ । मेयर (रेनु दाहाल) को सचिवालयबाट आधिकारिक ढङ्गले अफवाह फैलाएको पुष्टि गर्न चुनौती दिन चाहन्छु । बरु प्रधानमन्त्रीको सचिवालयले सत्य तथ्य बुझेर मात्र समाचार सम्प्रेषण गर्न अनुरोध गर्दछु । र व्यक्ति विशेषका कुरा लिएर अनावश्यक सचिवालयसँग नजोड्न र स्वयं सम्बन्धित व्यक्ति नै जिम्मेवार रहने कुराको समेत ध्यानाकर्षण गर्दछु । धन्यवाद'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण