बेलायतमा लागूऔषध कारोबार अभियोगमा एक नेपालीलाई दुई वर्षकाे जेल सजाय
सारांश
- बेलायतमा एक नेपाली युवा लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा २ वर्षका लागि जेल चलान भएका छन्।
- २७ वर्षीय निखिल लामालाई लुटन र हाइवेकम क्षेत्रमा लागुऔषध आपूर्ति गरेको अभियोग लागेको थियो।
- प्रहरीले लामाको साथबाट ठूलो मात्रामा हिरोइन र कोकिन बरामद गरेको थियो, र उनी संगठित तस्करीमा संलग्न थिए।
काठमाडौँ । बेलायतको लुटन र हाइवेकम आसपासमा ड्रग आपूर्ति गरेको अभियोगमा एक नेपाली जेल चलान भएका छन् । लुटन टोम्लिन्सन एभेन्यू निवासी २७ वर्षीय निखिल लामालाई ११ जुनमा एल्सबरी क्राउन कोर्टले २ वर्षको जेल सजाय सुनाएको हो ।
उनले ड्रग बेच्ने उद्देश्यले आफूसँग राखेको पनि स्वीकार गरेका छन् । हाइवेकमस्थित किचनर रोडमा ड्रग सप्लाई गर्दै गरेको अवस्थामा थेम्स भ्याली प्रहरीले लामालाई गत वर्ष २८ अक्टुबरमा पक्राउ गरी भोलिपल्ट अक्टोबर २९ मा अभियोग लगाइएको थियो ।
लामाको साथमा २८ पोका हिरोइन र २८ पोका क्र्याक कोकीन फेला परेको थियो । अनुसन्धानले उनी सङ्गठित ड्रग तस्करीमा संलग्न थिए भन्ने खुलासा गरिएको छ ।
बकिङ्घमशायरको प्रोएक्टिभ टिमका अनुसन्धान अधिकृत पीसी उस्मान शफिकले भने ‘लामा हाई वाइकम्बमा क्लास ए लागूपदार्थ ओसारपसारमा संलग्न रहेको पाइयो जसले सङ्गठित अपराध, गम्भीर हिंसा र वयस्क एवं बालबालिकामाथि आघात पुर्याए । यसले हाम्रो समुदायभित्र गम्भीर असर गर्नेछ ।’
प्रहरीले ड्रग तस्करी नियन्त्रणमा सहयोग गर्न अपिल गर्दै यस्ता घटनाबारे तुरुन्तै प्रहरीलाई सूचना दिन पनि अपिल गरेको छ ।
बेलायतमा नेपालीमूलका युवा लागूऔषध कारोबारमा संलग्न हुने क्रम बढ्दै गएकामा अगुवा चिन्तित छन् । यसले यहाँ बस्ने नेपाली समुदायको छविमा समेत प्रतिकुल असर पुगिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण