बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

रसुवा बाढीमा भेटिएका शव र मानव अङ्ग काठमाडौँ ल्याइँदै

बुधबार, २५ असार २०८२, १० : ३७
बुधबार, २५ असार २०८२

सारांश

  • रसुवागढीमा आएको बाढीमा ज्यान गुमाएका व्यक्तिको शव र मानव अंग काठमाडौं ल्याइँदै छ।
  • बाढीले बगाएर मृत्यु भएका ९ जनामध्ये एक जनाको मात्र सनाखत भएको छ।
  • १९ जना अझै सम्पर्कविहीन छन् र उद्धार कार्य जारी छ।

काठमाडौँ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ स्थित रसुवागढीमा आएको बाढीको कारण ज्यान गुमाएकाहरूको शव र मानव अङ्ग काठमाडौँ ल्याउन लागिएको छ ।

शव पोस्टमार्टमका गर्न त्रिवि शिक्षण अस्पतालमा पठाउन लागिएको बागमती प्रदेशका डीआईजी अरुण पौडेलले रातोपाटीलाई बताए । उनले भने, ‘शव र मानव अङ्गहरू फरक ठाउँमा भेटिएका छन्, सबैलाई त्रिवि शिक्षण अस्पताल पठाउँदै छौँ ।’ 

प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल–चीन सीमाको लेन्डे खोला हुँदै भोटेकोशीमा आएको बाढीले बगाएर  ९ जनाको मृत्यु भएको छ । तीमध्ये एकजनाको मात्रै सनाखत भएको छ । 

उद्धारमा खटिएका प्रहरीका असई लाल बहादुर श्रेष्ठको मात्रै सनाखत भएको छ । उनको शव चितवनको भरतपुर नगरपालिका–२९ स्थित १५ किलोमा भेटिएको थियो । अन्यको सनाखत हुन नसकेको र केहीको हात र खुट्टाको भागमात्रै भेटिएको डीआईजी पौडेलले बताए । 

खोज तथा उद्धारका लागी डीआईजी पौडेल र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, चितवनका एसपी नरेश सुवेदी रसुवाको स्याफ्रुमा छन् । बाढीका कारण अझै १९ जना सम्पर्क विहीन छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप