बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अवैध हतियारसहित एक दाङबाट युवक पक्राउ

बुधबार, २५ असार २०८२, ११ : १५
बुधबार, २५ असार २०८२

सारांश

  • प्रहरीले दाङको घोराहीबाट एक युवकलाई अवैध हतियारसहित पक्राउ गरेको छ।
  • सल्यानका १९ वर्षीय अजय विकलाई लोटस तालिम केन्द्रको होस्टेलबाट पक्राउ गरिएको हो।
  • प्रहरीले उनको कोठाबाट पेस्तोल, गोली र म्यागजिन बरामद गरेको छ।

बुटवल  । दाङको घोराही उपमहानगरपालिका–१५ स्थित बिपी चोक नजिकै रहेको लोटस तालिम केन्द्रको होस्टेलबाट प्रहरीले अवैध हतियारसहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।

 सल्यानको कपुरकोट गाउँपालिका–३, फलाटे घर भई हाल लोटस तालिम केन्द्रमा तालिम लिइरहेका १९ वर्षीय अजय विकलाई प्रहरीले गएराति पक्राउ गरेको हो । 

 अवैध हतियार तथा गोली लुकाएको भन्ने गोप्य सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङले बुधबार जारी गरेको एक प्रेस विज्ञप्तिमा उल्लेख छ ।

  प्रहरीले  अजय बिक सुत्ने खाटमुनि राखिएको कालो रङ्गको जोर्डन लेखिएको पछाडि भिर्ने झोलाभित्र लुकाइ राखिएको अवस्थामा ० दशमलव ३२ बोर क्षमताको एउटा पेस्तोल, सो पेस्तोलमा प्रयोग हुने चार वटा गोली र सात राउन्ड क्षमताको एउटा म्यागेजिन फेला पारेको  जनाएको छ ।  ती हतियारसहित  विकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाइएको विज्ञप्तिमा  उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप