टेक्सास बाढी : केर काउन्टीमा अझै १६१ जना बेपत्ता
बुधबार, २५ असार २०८२, ११ : २८
सारांश
- टेक्सासमा आएको बाढीमा अझै १६१ जना बेपत्ता छन्।
- बाढीले टेक्सासमा १०९ जनाको मृत्यु भएको छ, जसमा केर्भिल काउन्टीका ९४ जना छन्।
- उद्धारकर्मीहरूले बेपत्ताहरूको खोजी कार्य जारी राखेका छन्।
वासिङ्टन डीसी । अमेरिकाको टेक्सासमा बाढी आएको यतिका दिन बितिसक्दा पनि त्यहाँको एउटै काउन्टीमा अझै १६१ जना बेपत्ता छन् । अचानक आएको विनाशकारी बाढीले गएको हप्ता राज्यमा वितण्डा मच्चाएको थियो ।
केर काउन्टीमा बेपत्ता हुनेमा समर क्याम्पका लागि भनेर गएका पाँच जना क्याम्पर र एक काउन्सलर पनि छन् । बाढीका कारण राज्यभरमा कम्तीमा पनि १०९ जनाको मृत्यु भएको छ ।
यीमध्ये ९४ जना केर्भिल काउन्टीका भएको राज्यका गभर्नर ग्रेग अबोटले भनेका छन् । टेक्ससमा मात्रै होइन गएको हप्ता नयाँ मेक्सिकोमा पनि अचानक बाढी आएको थियो ।
उद्धारकर्मीहरूले बेपत्ताको खोजी कार्य तीव्र पारेका छन् । बेपत्ताहरू नभेटिएसम्म आकस्मिक टोलीका सदस्य नरोकिने उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण