बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मण्डला अब 'चन्द्रलाई कस्ले मार्‍यो ?'

बुधबार, २५ असार २०८२, ११ : ३९
बुधबार, २५ असार २०८२

सारांश

  • मण्डला थिएटरले थापागाउँमा नाटक 'चन्द्रलाई कस्ले मार्‍यो ?' मञ्चन सुरु गरेको छ।
  • नाटकमा भावना उप्रेती, सीतादेवी तिमल्सेना लगायतका कलाकारको अभिनय रहेको छ।
  • नाटकले मानिसको संघर्ष र आत्म-खोजीको कथालाई देखाउँछ, साउन १८ गतेसम्म मञ्चन हुनेछ।

काठमाडौँ । थापागाउँस्थित मण्डला थिएटरले आज (२५ गते)बाट नाटक ‘चन्द्रलाई कस्ले मार्‍यो ?’ मञ्चन गर्ने भएको छ । थियटरले सामाजिक संजालमा एक पोष्टर सार्वजनिक गर्दै नाटकको जानकारी दिएको हो ।

भावना उप्रेती, सीतादेवी तिमल्सेना, मिलन कार्की, मौसम खड्का, तेन्जु योञ्जन, पृतिशा अधिकारी र किरण चापागाईँको अभिनय रहने नाटकको परिकल्पनाकार, लेखक  तथा निर्देशक सन्दीप श्रेष्ठ रहेका छन् । नाटकमा निर्देशक श्रेष्ठको पनि अभिनय देख्न सकिन्छ ।

नाटकमा प्रयोग गरिने गीत निर्देशक श्रेष्ठ र किरण चापागाईँले लेखेका छन् । गीतमा मनिष विश्वकर्मा र बिजन बस्नेतको रहेको छ । हरपल संघर्ष गरिरहेका मानिसहरूकै कथा उठाएको नाटकले मानिसले आफूलाई खोज्ने यात्रामा सम्भावनाहरू ओझेलमा परिरहँदा के–कस्तो पीडा भोग्नुपर्छ भनेर देखाउने बताइन्छ  ।

आगामी साउन १८ गतेसम्म मञ्चन हुने नाटक सोमबारबाहेक साताको प्रत्येक दिन साँझ ५ः३० बजे र शनिबार दिउँसो १ः३० बजे अतिरिक्त सो पनि हुनेछ । नाटकका सह–निर्देशक रोहित थापा हुन् भने स्टेज म्यानेजरको रूपमा विशाल केसी रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप