राजीवको ‘मायामा पर्नै थिएन’ सार्वजनिक
बुधबार, २५ असार २०८२, १२ : ४७
सारांश
- गायक राजीव सुनारको गीत 'मायामा पर्नै थिएन' सार्वजनिक भएको छ।
- अनिल सुनारले लेखेको गीतमा प्रेम, पीडा, सङ्घर्ष र बिछोडको अनुभूति समेटिएको छ।
- गीतको भिडियोमा मोहन पुनमगर, सामिया कार्की र दीपेन्द्र देवको अभिनय रहेको छ।
काठमाडौँ । गायक राजीव सुनारको गीत ‘मायामा पर्नै थिएन’ सार्वजनिक भएको छ । प्रेम, पीडा, सङ्घर्ष र बिछोडको गहिरो अनुभूति बोकेको गीतका शब्द अनिल सुनारले लेखेका हुन् ।
गीतमा सङ्गीत तथा सङ्गीत संयोजन सास्वोत श्रेष्ठको रहेको छ । संगीतप्रतिको गहिरो लगावका कारण गीत गाउँदै आएका राजीवले गीतको भिडियो पनि बनाएका छन् । जसमा मोहन पुनमगर, सामिया कार्की र दीपेन्द्र देवको अभिनय छ ।
भिडियो टिकाराम विश्वकर्मा ‘ठुले’ले निर्देशन गरेका हुन् । भिडियोमा छायाङ्कन तथा सम्पादन सन्तोष जिसीको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण