कांग्रेसको असहमतिपछि कार्यसूचीबाट हट्यो भूमिसम्बन्धी विधेयक
सारांश
- नेपाली कांग्रेसको असहमति पछि भूमि सम्बन्धी ऐन संशोधन विधेयक प्रतिनिधिसभाको कार्यसूचीबाट हटाइयो।
- कांग्रेसले सहमति जुटाएर मात्र विधेयक अघि बढाउनुपर्ने धारणा राखेको थियो।
- महामन्त्री विश्वप्रकाश शर्माले पर्याप्त गृहकार्य बिना विधेयक प्रस्तुत गर्न नहुने बताए।
काठमाडौँ । सत्तारुढ तथा प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले असहमति जनाएपछि ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रतिनिधिसभाको कार्यसूचीबाट हटाइएको छ ।
बुधबारको प्रतिनिधिसभाका लागि तय गरिएको सम्भावित कार्यसूचीमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले विधेयकमाथि दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख थियो ।
तर, कांग्रेसले असहमति जनाएपछि अहिले आएको कार्यसूचीबाट त्यो विधेयक हटाइएको छ ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बिहान भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक सहमति जुटाएर मात्र अघि बढाउनुपर्ने बताएका थिए ।
विधेयक आज संसद्मा प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा राखिएपछि आपत्ति जनाउँदै शर्माले यो विधेयकलाई संशोधन गरेर सहमति जुटाउन जरुरी रहेको उल्लेख गरेका थिए । पर्याप्त गृहकार्य नगरी सोझै पारित गर्नेगरी संसदमा प्रस्तुत हुन लागेकोमा आफ्नो विमति रहेको शर्माले बताएका थिए ।
लटरपटर गरेर विधेयक अघि बढाउने प्रयास नगर्न उनले सरकारलाई उनले सामाजिक सञ्जालमार्फत आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरवार्ताको बिचमै रिसाएर किन हिँडे ट्रम्प ?
-
नेपालगञ्ज उपमहानगरपालिकाद्वारा विद्यालयहरूमा गर्मी बिदा
-
रास्वपा अर्घाखाँचीकाे सभापतिमा सीता पराजुली निर्वाचित
-
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण