थापाथली पुलमुनि युवक मृत फेला
बुधबार, २५ असार २०८२, १३ : ३४
सारांश
- थापाथली पुलमुनि एक युवक मृत फेला परेका छन्।
- मृतकको पहिचान मकवानपुरका ३५ वर्षीय हरि राईको रूपमा भएको छ।
- प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ, राईलाई छारे रोगको समस्या थियो।
काठमाडौँ । काठमाडौँ र ललितपुर जोड्ने थापाथली पुलमुनि एक जना युवक मृत भेटिएका छन् । काठमाडौँ महानगरपालिका–११ स्थित पुलसँगैको नालामा मकवानपुर बकैया गाउँपालिका–३ घर भएका ३५ वर्षीय हरि राई मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।
सुकुम्वासी बस्तीमा बस्ने राईलाई छारे रोगको समस्या थियो । उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेलले रातोपाटीलाई बताए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागी पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण