ललितपुरमा नकाब लगाएर मध्यराति ४ जनाले लुटे सुन र नगद
सारांश
- ललितपुरको हरिसिद्धिमा मध्यरातमा घरमा प्रवेश गरी नकाबधारी समूहले सुन र नगद लुटेका छन्।
- घटनामा ५० वर्षीया रजनी महर्जनको घरबाट सुनका गहना र नगद लुटेर लुटेराहरू फरार भएका थिए।
- प्रहरीले घटनामा संलग्न भएको आशंकामा ४ जनालाई सोधपुछ गरी निगरानीमा राखेको छ।
काठमाडौँ । ललितपुर महानगरपालिका–२८ स्थित हरिसिद्धिमा मध्यराति घरमा प्रवेश गरेर नकावधारीहरुले सुन र नगद लुटेका छन् । हरिसिद्धि स्थित होसना इँट्टाभट्टा नजिकै रहेको ५० वर्षीया रजनी महर्जनको एकतले घरबाट आरोपीहरूले सुनका गहना र नगद लुटेर भागेका हुन् । घरमा महर्जन र उनकी ३० वर्षीया छोरी रविना महर्जन मात्रै थिए ।
असार २२ मा मध्यराति १ बजेतिर नकाब लगाएका ४ जना युवाहरू महर्जनको घरमा प्रवेश गरेका थिए । कौसीको ढोका फोडेर उनीहरू घरमा प्रवेश गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले रातोपाटीलाई बताए ।
लुटमा संलग्नहरूले धारिलो हतियार देखाएर नगद ५० हजार र करिब १ तोला सुन लुटेर भागेको पीडितले प्रहरीलाई जानकारी गराएकी छन् । लुटपाट भएको बारेमा महर्जनकी बहिनीले जानकारी गराएपछि राति २ बजेर १० मिनेटमा प्रहरी प्रभाग हरिसिद्धीको टोली घटनास्थलमा पुगेको थियो । पीडित परिवारले प्रहरीलाई जानकारी गराएअनुसार एकजोर टप र एक थान तिलहरी तथा नगद लुटेर उनीहरू भागेका थिए ।
लुटमा संलग्नहरू पक्राउ परेका छैनन् । घटनामा संलग्न आशङ्कामा ४ जनालाई सोधपुछ गरेर निगरानीमा राखिएको एसपी जोशीले रातोपाटीलाई बताए । उनले भने– ‘यसमा हामीले अनुसन्धान गरिरहेका छौँ, लुटमा संलग्नहरूको पहिचान खुलाउने प्रयास हुँदैछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण